Salyan Paribesh , १०८९ पटक हेरिएको

तुला राम डाँगी क्षेत्रि
कसलाई रहर हुन्छ होला र आफ्नो जन्म भुमि जन्म दिएका बाबु आमा सिंगो परिवार लाई छोडेर बिरानो मुलुकमा पसिनाको आहाल संग पैसा लाई साट्न को लागि। आफ्नै देशमा श्रम गरेर परिवार संगै बसेर दुई छाक मिठो मसिनो खाएर संगै जिवन कटाउन कसलाई रहर हुँदैन होला र त्यस किसिमको बातावरण र भाग्य सबै लाई काहाँ मिल्दो रहेछ र । परिवार को सुखद भविष्य को लागि परदेशीनु बाध्यात्मक अवस्था छ। परदेशी शब्द आफैमा कारूणिक व्यथा बोकेको बोझिलो शब्द हो। जसमा दुख दर्द विछोड रोदन का कथा हरू मात्र भेटिन्छन्।
सुन्दर भविष्य बनाउने सपना बोकेर दिन रात नभनी काम गर्न बाध्य छौ हामि प्रदेशी, यो चरा खस्ने गर्मी मा एउटा झिनो आसको त्यान्द्रो बोकेर, अझै भनौ त ४५/ ५० डिग्रीको गर्मि एसीको कुनै भ्यालु नै हुदैन त्यसमै पनि दिनमा दुइ तिन घण्टा बिजुलीको कटौति यस्तैपनि खाडि मुलुक अक्सिजनको कमि भाको रणभूमि हो । थाहाँ छैन कती बेला कुन घडी मरुभुमी यो दलदलमा पसिना बगाउदा बगाउदै कहिले जिवन यतै समाहित हुने हो।साच्चै परदेशी लाइ बुझिदिने कोही हुँदो रहेनछ आफ्ना हरेक दुःख वेदना र पिडाहरु लाई पैताला मुनि चापेर घरपरिवार ईष्ट मित्र साथी भाई सबै को चित्त बुझाउनु पर्दोरहेछ।
आफ्ना दुःख र वेदना सुनिदिने महशुस गरिदिने सायद् कोही हुँदा रहेनछन। आफ्ना काहालीलाग्दा दिनहरु आफैं मन को कुनै कुनामा राखेर अरूका दुख वेदना हरूलाई महत्व दिनुपर्ने स्थिति आउँदो रहेछ। साच्चै नै प्रदेशी को कुनै अस्तित्व हुदैन रहेनछ१ म बिच्छिप्द हुन्छ मन रून्छ म रूदैमा दुस्ख र पिडापनी पार हुदैन रहेछ१ जतिसुकै संङघर्ष गर्दै गर्दा पनि जिन्दगीको कुनै गोरेटो तयार हुँदैन। परदेशी न घर हुदोरहेछ न दुख वेदना हरू बुझिदिने कोही हुदोरहेनछ।
यो प्रदेशी जीवन पनि लडाइमा गएका सिपाही हरुको जस्तै हो घर बाट बिदा लिएर हिडेपछि सकुशल घर फर्किएर आइपुगीन्छ कि पुगिन्न कुनै भर हुन्न। परदेशीको कोही छैन आफ्नो छत केबल दुख वेदना आर्तनाद हरू मात्र छन। न आफ्ना हरू आफु संग छन न जिवन संगिनी छन न घर आफ्नो जन्म भुमि आफुसंग छ । तरपनि यिनिहरु भन्दा बेसी माया कस्को लाग्छ होला र परदेशी लाई। जिवन को आधा भन्दा धेरै चाहाना हरू त साच्चै सपना मै सकिदा रहेछन्।
परदेशी को त्यो त्याग लाई बुझिदिने र सम्मान गरिदिने कोही पनि भेटिदैनन् त्यसैमाथि खाडीमा काम गर्न आउने हरूलाई मान्छे नै नसम्झिने चलन छ। परदेशी मा यही फरक छ जहाँ जापान अमेरिका युरोप मा श्रम गर्ने हरूलाई हेर्ने नजर फरक छ अनि खाड़ी मा काम गर्ने लाई भन्दा धेरै माथिल्लो स्तरबाट नजर अन्दाज गरिन्छ।
प्रदेशी हुने रहर सायद कसलाई पो हुँदोहो। गरिबी र बेरोजगारीको हतकडी फुकाउने उद्देश्यले म जस्तै प्रदेशीएका लाखौं नेपालीहरूको दुस्ख पीडा एवं ब्यथाहरु मेरो भन्दा पृथक छैन होला। जे भएपनि हरपल आफ्नो घरपरिवार र जन्मभुमिको यादमा बग्ने मुल्यहिन आँसु र प्रदेशी हुनुको पीडा भने सबैको एउटै।
प्रकाशित मिति: २०२२-०६-२४ , समय : २०:०३:०९ , ११ महिना अगाडि