Salyan Paribesh , ३७१ पटक हेरिएको

असार ११ बागचौर।सल्यानको बागचौर नगरपालिकाको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । नगर प्रमुख जनकराज गौतमले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
शुक्रवार बेलुका कांग्रेस र एमालेका जनप्रतिनिधि माझ नगरप्रमुख गौतमले निति तथा कार्यक्रम बाचन गरेपछी पारित भएको घोषणा गरिएको हो ।माओवादी केन्द्र र समाजवादीका जनप्रतिनिधिहरु भने नगरप्रमुखले जनयुद्ध शब्द समाबेश नगरेको भन्दै नीति तथा कार्यक्रममा असहमति जनाएका छ्न । जनयुद्ध शब्द राख्नुपर्ने भन्दै नगरप्रमुखलाई दबाब दिइदै आईएको थियो । नगरप्रमुख गौतमले जनयुद्ध शब्द राख्न नमानेपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिएको हो ।नगर उपप्रमुख रहेकी माओवादी केन्द्रकी सुम्निमा डिसी सहितका जनप्रतिनिधिहरुले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द नराखेको भन्दै नगरसभाबाट बाहिरीएका थिए ।
नगर प्रमुख गौतम सहित कांग्रेसका जनप्रतिनिहरुले संविधानमा जनयुद्ध शब्द नरहेकोले नीति तथा कार्यक्रममा नलेखिएको बताएका छन् । जनयुद्ध लगायतका आन्दोलनहरुलाई जनआन्दोलन शब्दले समेट्ने र जनआन्दोलन शब्द राखिएको नगर प्रमुख गौतमले बताए ।
जनयुद्ध शब्द राख्न माओवादी केन्द्रका दलहरुले अडान लिएपछि पटक पटक छ्लफल समेत गरिएको थियो । छ्लफलमा समेत उहाँहरुले आफ्नो अडान नछाडेपछी बहुमतले पारित गर्नु परेको वडा अध्यक्ष सुशील जंग चन्दले बताए । संबिधान भन्दा माथि कोहि पनि नहुने भन्दै अनावश्यक बखेडा झिक्न नहुने उनले बताए ।
नगर प्रमुख जनकराज गौतमले बजेटले सबै क्षेत्र, समुदायलाई समेट्ने बताए । जनप्रतिनिधि जनताको काम गर्न आएका हौ” त्यसैले हरेक कामहरु जनताकै आबस्यकता अनुसार गरिने उनले बताएका छन।