तुला राम डाँगी क्षेत्रिको शब्दमा हजारौ प्रदेशीहरुको पिडा बोकेको गित सार्बजनिक

तुला राम डाँगी क्षेत्रि , १९५८  पटक हेरिएको

लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक पाल्पामा जन्मिएर भारतीय सैनिकमा कार्यरत कमलज्योती अनि संखुवासभामा जन्मिएकी गायिका सबिना मगरको स्वरमा सजिएको गित फर्की आउदिन को ‘ भिडियो सार्बजनिक भएको छ ।

उक्त गीतमा कमल ज्योति को संगीत र तुला राम डाँगी क्षेत्रिको शब्द रहेको छ , सल्यानमा जन्मिएर रोजगारको सिल सिलामा प्रदेशमा बस्दै आएका तुला राम डाँगी क्षेत्रिले यथार्त आफ्नो जिवन भोगाइ मात्र नभएर सम्पुर्ण प्रदेशीको पिडा लाइ गीतको शब्द मार्फत प्रस्फुटन गराएका छन्।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस 

https://youtu.be/QQRitjKp7Q0

गरिबीले गर्दा घर अनि आफ्नी प्रिया अर्थात जिवन संगिनीलाइ छोडेर बिदाइका हात हरु हल्लाउदै प्रदेश लागे देखिको पिडा र आफुले प्रदेशमा भोगेको पिडा, अनि घरदेशमा रहेकी अर्धांगिनी साहु ऋणले सताएको सबै गित मार्फत प्रस्तुत भएको छ। उक्त गीतमा चर्चित मोडेल आशा खड्का बिरेन्द्र ढकालको अभिनय देख्न सकिन्छ भने बबिता श्रेष्टको डाइरेक्सन रहेको छ। भिडियो एडिट दंगाली युवा अभिनाश डिसी ले गरेका छन्

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस 

प्रकाशित मिति: २०२२-०६-२५ , समय : १५:५९:०६ , १ वर्ष अगाडि