Salyan Paribesh , ६४२ पटक हेरिएको

माघ १५, सल्यान ।
सल्यानमा अटाे दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
सल्यान जिल्लाकाे त्रिवेणी गाउँपालिका स्थित लुहामबाट टुनिबाेटतर्फ जाँदै गरेकाे अटाे दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिका ५ मुलाबारीका टेक बहादुर विककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
रा १ ह ५०५२ नम्बरकाे खाली अटाे टुनिबाेट स्थित राप्ती राजमार्गमा शनिबार दिउँसाे साढे १२ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर अर्जुन पाैडेलले बताए ।
दुर्घटनापछि घाइते बनेका चालक विककाे उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा दिउँसाे १ बजेर ४० मिनेटमा मृत्यु भएकाे हाे ।
दुर्घटना लगतै इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी नायब निरिक्षक जयराम बुढाथाेकीकाे नेतृत्वमा प्रहरी टाेली पुगेकाे र अटाे अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेकाे प्रवक्ता पाैडेलले बताएका छन।
प्रकाशित मिति: २०२२-०१-२९ , समय : १८:४५:२१ , १ वर्ष अगाडि