नेपालगन्जकी मौसमी राना मगर अभिनय क्षेत्रमा उदाउदै

Salyan Paribesh , ७१९  पटक हेरिएको

असार, ११ दिपेन्द्र थापा मगर सुर्खेत । नेपाली म्यूजिक भिडियो बजारमा धेरै चुनौतीपूर्ण संघर्ष हरु रहदै आइरहेको छ। जहाँ भाइरल बन्ने अहिलेको अवस्थाले संघर्ष गर्दै आएका नेपाली कलाकारहरु ओझेलमा पर्दै आएकाछन। भने अर्कोतिर रातारात टिकटकमा भाइरलहुने हरुको म्यूजिक भिडियो बजारमा अफरै अफर चलिरहेकोछ।
यस्तै नेपालगन्जकि मौसमी राना मगर मिस नेपालगन्ज कल्चचर फेसन सो २०१९ बाट प्रथम स्थान हासिल गरेर निरन्तर नृत्य र अभिनयमा लाग्दै आइरहेकिछिन। उनको पछिल्लो समयमा एक पछि अर्को म्यूजिक भिडियोले बजारमा माग बढाउदै आइरहेछ। बिशेषगरि उनी कल्चर गित सालैजो, झ्याउरे , जस्ता गितहरुमा बढी रुचाइएपनी म्युजिक भिडियो भने सवै प्रकारको गितमा गर्दै आइरहेकि छिन।

मोडेल मौसमी राना मगरको अभिनयमा फेरि अर्को नया गित (ओइ घोसे) बजारमा सार्बजनिक भएकोछ।उक्त गितको अडियोमा शब्द संगित संगम थापाले गरेकाछन भने आवाज संगम थापा, सुशीला लामा, शुदर्सन अधिकारी,मेनुका न्यौपानेको रहेकोछ।एरेन्ज नारायण दाहाल,मिक्सिङ कृष्ण लामिछाने, रहेका छन भने स्टुडियो मंगलम स्टुडियोबाट सम्पादन भएको छ।

भिडियो निर्माणमा अभिनय निरज श्रेष्ठ र मौसमी राना मगरले गरेका छन भने भिडियोमा क्यामेरा सरोज शाही मेकपमेन यूमिसा पाण्डेसम्पादन रोशन धिताल र भिडियो निर्देशन अर्जुन महर्जनले गरेका छन। उक्त गित Shusila Lama यूट्युब च्यानल बाट सार्बजनिक भएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुस

प्रकाशित मिति: २०२२-०६-२५ , समय : २०:३५:०७ , १ वर्ष अगाडि