Salyan Paribesh , १५०० पटक हेरिएको

सल्यान / असार, ११ – तुला राम डाँगी क्षेत्रि – कपुरकोट गाउपालिका ४ स्थित किमुचौरमा गयराती तिन घरमा चोरी ।
एकजना अपरिचित व्यक्ति घर घरमा पसेर तिन वटै घर बाट एक एक ओटा तामाको ताउला चोरी गरेको छ। उक्त अपरिचित व्यक्तिलाई स्थानियहरुले पनि प्रत्यक्ष देखेका छन ।
पुर्व वडा अध्यक्ष हरिलाल पुनको गाउ छिमेक कपुरकोट गाउपालिका- ४ किमुचौर स्थित तिलक सुनुवारको घरमा रातिको समयमा अपरिचित व्यक्ति घरमा घुसेर एक तामाको ताउला चोरेको र त्यस्तै गरि तेजु एसके को घरबाट एक ताउला अनि शुकलाल बिकको घर बाट एउटा तामाको ताउला र बच्चाहरुको लत्ता कपडा समेत हराएको जानकारी तेजु एसके ले सल्यान परिवेशलाई गराएका छन्।
तेजु एसके भन्छन आज सम्म यस्तो खालको चोर हाम्रो गाउ छिमेकमा भित्रीएको थिएन कसरि र कहा बाट आयो यस्तो चोर ? यसमा कपुरकोट गाउपालिकाले चासो दिनु पर्छ र चाडो भन्दा चाडो चोरलाई समाएर कटघरामा उभ्याउनु पर्छ।
प्रकाशित मिति: २०२२-०६-२५ , समय : २२:१०:२१ , १ वर्ष अगाडि