Salyan Paribesh , ९७५ पटक हेरिएको

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि निष्काशन गरेको आईपीओ भोलि सोमबार बिहान बाँडफाँड हुने भएको छ। लघुवित्तको आइपीओ सोमबार बिहान ९ बजे बिओके क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। साे आइपीओमा करिब १८ लाखको आवेदन परेको छ।
लघुवित्तको आइपीओमा करिब १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरिदका लागि आवेदन परेके छ यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता शेयरको ३२१.६८ गुणा बढी हो।
लघुवित्तले असार १ गते देखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।
लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २६१ जना आवेदकले मात्रै शेयर पाउनेछन्। आइपीओमा आवेदन गर्ने करिब १७ लाख ९० हजार आवेदकको हात खालि हुने छ।
हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति: २०२२-०६-२६ , समय : १९:४१:४५ , १२ महिना अगाडि