राेल्पाकाे माडी खाेलामा एक महिलाकाे शव फेला

Salyan Paribesh , ९०२  पटक हेरिएको

रोल्पा/ असार, १३ माडी गाउँपालिका वडा नं. ५ र ६ को सिमानामाकाे माडी खाेलामा एक बेवारिसे महिलाको शव फेला परेको छ ।

घर्तिगाउँ बजारबाट करिव ३ किलोमिटर पुर्वतिर पर्ने माडी खाेलामा तइरिएकाे अवस्थामा शव भेटिएको र शवको पहिचान अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।

घटनाको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देवराज भट्टराईकाे कमान्डमा खटिएको प्रहरी टाेलिले शव अहिले निकालिसकेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए ।

पहिचानकाे लागि स्थानीयसंग साेधपुछ भइरहेको र पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल रेउघा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक जिसीले बताए ।

प्रकाशित मिति: २०२२-०६-२७ , समय : २२:०९:२१ , १ वर्ष अगाडि