१९ औं राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

Salyan Paribesh , १२४५  पटक हेरिएको

राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज (बुधबार ) सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।    कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवर्धन गर्न सो निर्णय गरिएको हो ।

प्रकाशित मिति: २०२२-०६-२९ , समय : ११:३९:३६ , १ वर्ष अगाडि