गुर्भाकोट भालुवडार ट्रस पुल उद्घाटन

Salyan Paribesh , ९०२  पटक हेरिएको

हुम बहादुर कार्की / असार  १५ गुर्भाकोट नगरपालिका वडा न.१/२ जोड्ने भुसुन्ने भालुवडार खोला स्थित ट्रस पुल को उद्घाटन भएको छ ।उक्त्त ट्रस पुल SWAP र गुर्भाकोट नगरपालिकाको अनुदान तथा आर्थिक सहयोगमा सम्पन्न भएको हो भने पुलको प्राबिधिक सहयोग ग्रामीण बिकास सेवा केन्द्र दैलेख ले गरेको थियो।
गुर्भाकोट नगर प्रमुख हस्त पुन र उप प्रमुख मैना बिकले रिबन काटेर उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख हस्त पुन, बिशेष अतिथी नगर उप प्रमुख मैना बिक,अतिथी गुर्भाकोट नगरपालिका १ का वडा अध्यक्ष रामबहादुर शाही, वडा न. २ का अध्यक्ष नोख बहादुर वलि, प्राबिधिक भानु ढकाल, मालारानी प्रहरी चौकी इन्चार्ज नर बहादुर शाही समाजसेबी मोति प्रसाद चपाइ लगायत समाजसेबी,स्थानीय, उपभोक्ता समितीहरुको उपस्थितिमा भएको थियो

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख हस्त पुनले समयमै सम्पन्न गर्ने उपभोक्त, निकाय र समुदाय प्रती धन्यवाद दिदै यस स्थानमा अब आवत जावत गर्न स्थानीयहरु लाई सहज भएको र थप बाकी बिकास निर्माण मा पनि आउदा दिनहरु मा पनि सहयोग गर्ने बताउनु भएको थियो।यसैगरी नगर उप प्रमुख मैना बिकले सम्पुर्ण निकाय प्रती धन्यवाद दिदै बिकास गर्ने क्रममा अनिवार्य आबस्यक्ता जहाँ छ त्यो ठाउँ लाई पहिचान गरि काम गर्दा सार्थकता पाइने बताउनु भएको थियो ।
उद्घाटन समारोहका सभाअध्यक्ष तथा निर्माण उपभोक्ता समिताका अध्यक्ष नन्दलाल भुसाल ले उक्त्त ट्रस पुल निर्माण को आय ब्यय बारे टोटल रकम २३ लाख ४७ हजार ९ सय को प्राबिधिक इस्टमेट अनुसार समयमै काम सम्पन्न भएको भन्दै खर्च को सार्बजनिक सुनुवाइ गर्नु भएको थियो।साथै वडा अध्यक्ष नोख बहादुर वलि र राम बहादुर शाहीले पनि आफ्ना मनतब्य राख्नु भएको थियो।

भालु वडार ट्रस पुल उपभोक्ता समिती मा अध्यक्ष नन्दलाल भुसाल कोषाध्यक्ष टेक बहादुर पुन सचिब डालमाया रजाली गरि ७ सदस्यीय रहनु भएको थियो ।ट्रस पुल निर्माण सम्पन्न पछि यहाँ का स्थानीय बासिन्दा लगायत पैदल यात्रीहरु हर्षित भएका छन।साथै आवत जावत को गर्न खोला मा पानी को मात्रा बढे पनि यस बाट मुक्त्त भएको स्थानिय हरुको भनाइ रहेको छ ।
कार्यक्रम सन्चालन कासिबहादुर गाहाले गर्नु भएको थियो भने करिब ७० जना स्थानीयहरु को सहभागीता समेत रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-२९ , समय : १८:००:३४ , ११ महिना अगाडि