अमेरिकाबाट आयो परदेशी गीत ‘तिम्रो याद आयो’ ( भिडियो )

Salyan Paribesh , ५७४  पटक हेरिएको

अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार फेरि आफ्नो नयाँ म्युजिक भिडियो ‘तिम्रो याद आयो’को साथमा आएका छन्। गायक सविन सुवेदीको स्वरमा सजिएको यस गीतमा दिपक शर्माले संगीत रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
यसै भिडियो मार्फत कलाकार विजय बराल र उनकी श्रीमती प्रमिला खनाल पहिलोपटक एकसाथ म्युजिक भिडियोमा देखिएका छन्। श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्।
[smartslider3 slider=”9″]
गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार लोहारको शब्दमा ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका थुप्रै भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २०२२-०१-२९ , समय : १९:१२:०३ , १ वर्ष अगाडि