Salyan Paribesh , ७४० पटक हेरिएको

काठमाडौँ — भारतले धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै दार्चुला जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतको तपोवनस्थित धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम साइटमा बिहीबार बिहान ५ बजे देखि बेलुकी ८ बजेसम्म ‘सिल्ट फ्लसिङ’ को काम हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भनेर एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट पत्राचार आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बेलुका ८ बजेपछि पनि महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको सूचना :
साभार :
प्रकाशित मिति: २०२२-०६-३० , समय : ०९:००:४५ , १ वर्ष अगाडि