Salyan Paribesh , ८८५ पटक हेरिएको

असार १७ सिन्धुपाल्चोक – नाबालिका माथि जवरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन।
घटना सिन्धुपाल्चोककाे हाे। ती ८१ वर्षिय वृद्धले बिहीबार दिउँसो करिब ३ बजेतिर एक ११ वर्षिय नाबालिकलाई उनकै घरमा जबर्जस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा हजुरवुवा नाताका पर्ने वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
अहिले ति वृद्धकाे सबै विवरण गाेप्य नै राखिएको र थप अनुसन्धान पछि मात्रै एकिन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताए।
ती वृद्धलाई बिहीबार बेलुका पक्राउ गरि शुक्रबार आज जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक यादवले बताए।
प्रकाशित मिति: २०२२-०७-०२ , समय : ००:५२:५६ , १ वर्ष अगाडि