दाङमा नक्कली पेस्तोल देखाएर स्थानीयलाई तर्साउने २० बर्षीय मिलन मगर पक्राउ

Salyan Paribesh , ६९६  पटक हेरिएको

दाङ्ग १९-असार/ दाङको तुलसीपुरमा नक्कली पेस्तोलसहित एक जना पक्राउ परेका छन् । आइतबार बेलुका साढे ५ बजेतिर नक्कली पेस्तोल देखाएर तर्साउनेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

डिएसपी अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर ५ स्थित केराबारी रेष्टुरेन्ट नजिकका स्थानीयलाई नक्कली पेस्तोल देखाएर तर्साउने दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी २० बर्षीय मिलन मगरलाई पक्राउ गरिएको हो ।

उनले उक्त नक्कली पेस्तोल कम्मरमा च्यापी स्थानियलाई तर्साइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिगएको प्रहरी निरीक्षक बखत बहादुर शाहीसहित खटिगएको प्रहरी टोलीले कम्मरमा च्यापी रहेको अवस्थामा बरामद गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २०२२-०७-०३ , समय : २३:४९:०४ , ११ महिना अगाडि