आँखा भित्र नदीहरू नै बेपत्ता भएका छन । भरत रोकाय ‘एक्सन’

सल्यान परिबेश डट्कम , ८८८  पटक हेरिएको

आँखा भित्र नदीहरू नै बेपत्ता भएका छन।
जसरी मेरा खुशीहरू नै बेपत्ता भएका छन।

बैँसमा ओठहरु चुम्न आउने गर्थे प्यासीहरू।
हिजोआज प्यासीहरू नै बेपत्ता भएका छन।

आकाश यहाँ केही टुक्रा उज्यालो खसाई दे।
धर्तिका जुनकिरीहरू नै बेपत्ता भएका छन।

बलत्कारी बढेसंगै घाटामा पर्यो तिम्रो ब्यापार।
अचेल वेश्यागामीहरू नै बेपत्ता भएका छन ।

यसकारण मलाई पाउनु भन्दा गुमाउनु डर छ।
बर्षौदेखी मेरा साथीहरू नै बेपत्ता भएका छन।

भरत रोकाय ‘एक्सन’
सल्यान

प्रकाशित मिति: २०२२-०७-०५ , समय : ०१:४१:५२ , ११ महिना अगाडि