Salyan Paribesh , ४१७ पटक हेरिएको

हिमालको शिर ,झुक्दैन कहिले पनि ।
मान्छेलाई धनले, पुग्दैन कहिले पनि ।
सयौ पटक बोल तिमी ,झुटो कुरा
तर सत्य कुरा ,लुक्दैन कहिले पनि ।
आँसु त मेरो, प्रशान्त महासागर भो ,
सुर्यको तापले ,सुक्दैन कहिले पनि ।
अरुको ईर्ष्या नगरी आफ्नाे काम गरे,
दुनियाँले यहाँ ,थुक्दैन कहिले पनि ।
आफ्नो बाटो खुरुखुरु हिड्नु पर्छ सधैं ,
छाडा कुकुर पनि,भुक्दैन कहिले पनि ।
बिपिन झाँक्री मगर
हाल साउदि अरब
प्रकाशित मिति: २०२२-०७-०५ , समय : १५:४६:३८ , ७ महिना अगाडि