जिल्ला स्तरीय युवा प्रतिभा पहिचान कार्यक्रम एकल गायन प्रतियोगितामा प्रथम निशानी बस्नेत

Salyan Paribesh , ४४४  पटक हेरिएको

दिल बिक्रम शाही
असार २२ जाजरकोट। सामाजिक बिकास कार्यालय जाजरकोटले आयोजना गरेको जिल्ला स्तरीय युवा प्रतिभा पहिचान कार्यक्रम एकल गायन प्रतियोगिता सम्पन्न भएको छ।उक्त कार्यक्रमको सहजीकरणमा मधुरिमा कला केन्द्र जाजरकोटले गेरेको थियो।

कार्यक्रमलाई प्रेम बिश्वकर्माले संचालन गरेका हुन्।कार्यक्रममा प्रमुख अतिथिमा वरिष्ठ गायक राजु राजा सिंह सभा अध्यक्ष खिमप्रसाद ढकाल रहेका थिए।कार्यक्रममा कलाकार,शिक्षक, सुरक्षाकर्मी ,पत्रकार,दर्शकहरुको सहभागीता रहेको थियो।कार्यक्रममा सहभागीता जिल्लाको सातै पालिका बाट रहेका थिए।कार्यक्रमको निर्णयकमा रेश्म बहादुर शाही,प्रतिभा महतारा र नभराज भण्डारी रहेका हुन्।

कार्यक्रममा १४ जनाले सहभागिता जनाएका हुन।उक्त कार्यक्रममा पहिलो चरणमा ६ जना उत्कृष्ट छानिएका थिए।जाजरकोटमा भएको जिल्ला स्तरीय युवा प्रतिभा पहिचान कार्यक्रम एकल गायन प्रतियोगितामा प्रथम निशानी बस्नेत,दृतिय सृष्टि सिंह र तृतीय वालकृष्णा वलि  भएका हुन्।

प्रमाणपत्र सँगै पुरस्कारमा प्रथम पुरस्कार १२०००,दृतिय पुरस्कार १०००० र तृतिय पुरस्कार ८००० रहेको थियो।

प्रकाशित मिति: २०२२-०७-०६ , समय : ०६:५९:२८ , १ वर्ष अगाडि