जाजरकोटका १३० घरधुरीलाई (आशा )द्वारा सौर्य सोलार बितरण

Salyan Paribesh , ३३२  पटक हेरिएको

जाजरकोट असार २३। दिल बिक्रम शाही 
पहाडी साना किसानका लागी अनुकुलन आयोजना (आशा) जिल्ला समन्वय इकाई जाजरकोटद्वारा १ सय ३० घरधुरीलाई घरायसी सौर्य सोलार बितरण गरिएको छ ।

जिल्लाको छेडागाड नगरपालिका – ९ पजारुमा पुर्ण अनुदानमा १ सय ३० घरधुरीलाई सोलार बितरण गरिएको हो । उक्त सोलार बितरणकार्यक्रममा आशा आयोजना जाजरकोटका संयोजक सुशील प्रसाद पोखरेलले लापा समुहलाई सोलार सेटको उपयोगिता वारे प्रस्ट पार्नु भएको थियो । उक्त अवसरमा आशा परियोजनाका अनुगमन मुल्यांकन अधिकृत लोक प्रसाद गौतमले सामाग्रीको उपयोगिता र यसले वातावरण संरक्षणमा पार्ने प्रभावको वारे भनाई राखेका थिए ।

प्रति घर १४ हजारका दरले १८ लाख २० हजार वरावरको अनुदानमा सोलार उपलव्ध गराइएको हो । जलबायु परिवर्तनको असर र प्रभावलाई कम गर्नका साथै सरकारको उज्यालो कर्णाली अभियानमा सहयोग पुराउन मद्दत पुग्ने कुरा अनुगमन मुल्यांकन अधिकृत लोक प्रशाद गौतमले ले बताए ।

बितरण कार्यक्रममा वडा अध्यक्ष गोपाल बिक , लापा समुहका सदस्यहरुको सहभागिता रहेको थियो । उक्त अबसरमा लाभन्बित घरधुरी, लापा समुहद्वारा बितरित सामाग्रीको संख्या , सामाग्रीको गुणस्तर , सामाग्रीको समुचित प्रयोग वारे जानकारी दिईएको थियो ।

आशा आयोजनाले जलबायु परिवर्तनको असर, प्रभावको न्यूनीकरण र अनुकुलको क्षेत्रमा जिल्लामा काम गर्दै आइरहेको छ । । जसन्तर्गत संकटकासन्न परिवारको जिबिकोपर्जनमा सहयोग तथा भौतिक पुर्बाधार निर्माण कार्यमुख्यी रहेका छन ।

आशा आयोजनाले जलबायु परिवर्तनको असर, प्रभावको न्यूनीकरण र अनुकुलको क्षेत्रमा काम गर्दछ । जसन्तर्गत संकटकासन्न परिवारको जिबिकोपर्जनमा सहयोग तथा भौतिक पुर्बाधार निर्माण कार्य गर्दै आइरहेको छ । उक्त अवसरमा जलबायु परिबर्तन बिज्ञ सन्जित कन्डेल , ईन्जिनियर राम प्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०७-०७ , समय : २०:३०:४७ , ९ महिना अगाडि