अधुरो स्थायी कमिटी, चुनिएनन् पदाधिकारी

Salyan Paribesh , ८२२  पटक हेरिएको

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो बनाउने भन्दै नेताहरुको नाम पढ्न थाले । तर नेताहरुको नामको सूची तीन पटक पढ्दा पनि पोलिटव्यूरोमा कोको परे भन्ने प्रष्ट हुन सकेको छैन ।

स्थायी कमिटी पनि अपूरो बनेको छ भने पदाधिकारीसमेत नबनाई माओवादी केन्द्रीय समितिको तेस्रो बैठक सकिएको छ । १९ असारमा सुरु भएको यो बैठकले पार्टीको भद्रगोललाई थप उदाङ्गो पार्नेबाहेक अरु नगरेको नेताहरु टिप्पणी गर्छन् ।

बुधबार विहानसम्म माओवादी केन्द्रका नेताहरु यो पटकको केन्द्रीय समिति बैठकले पदाधिकारी टुंगो लगाउनेमा आशावादी थिए । प्रचण्डले पनि सहमतिमा पदाधिकारी टुंगो लगाउने भन्दै मतदान नमाग्न नेताहरुलाई आग्रह गरेका थिए । अरु पदमा ठूलो विवाद थिएन, महासचिवमा भने धेरै आकांक्षी थिए । वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, देवप्रसाद गुरुङ, हरिबोल गजुरेल लगायतको दाबी थियो ।

प्रकाशित मिति: २०२२-०७-०७ , समय : २३:५३:२० , १ वर्ष अगाडि