केपि शर्मा ओलिले भने:आफै राजीनामा दिए, प्रधानमन्त्रीसँग मन्त्री निकाल्ने हुती छैन

Salyan Paribesh , ५६०  पटक हेरिएको

काठमाडौ असार २४।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने अवस्था रहेको बताएका छन् । शुक्रबार छवि कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शर्माले आफै मन्त्रीबाट राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउन नसक्ने अवस्था रहेको बताएका हुन् ।

‘काँग्रेस त निरीह नै हो बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि काँग्रेस त हेरेको हे¥यै । काँग्रेसको हुती नै छैन । दम नै छैन’, ओलीले प्रश्न गरे, ‘यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो, प्रधानमन्त्रीसँग मन्त्री निकाल्ने हुती छ ?’

प्रकाशित मिति: २०२२-०७-०८ , समय : १५:२१:१४ , ११ महिना अगाडि