Salyan Paribesh , ७३८ पटक हेरिएको
सल्यान असार २४। सल्यान जिल्लाको शारदा नदीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । शारदा नगरपालिका ६ भट्टाचौर घर भएका ५० वर्षीय डोलबहादुर भण्डारी शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार बिहानै स्थानीय कृष्णबहादुर पुनसँग घर नजिकैको शारदा नदीमा माछा मार्न गएका उनी झन्डै १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताएका छन् ।
उनका अनुसार भण्डारीको शव शारदा नदीमा डुबेको अवस्थामा थियो । अहिले भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
साथै माछा मार्न साथमा गएका कृष्णबहादुर पुन फरार रहेकाले खोजी कार्य भइरहेको उनले जानकारी दिए । यससँगै घटनाको अनुसन्धान भइरहेको प्रनाउ खडकाको भनाइ छ ।
प्रकाशित मिति: २०२२-०७-०८ , समय : १५:३०:४८ , ११ महिना अगाडि