गायिका इन्दिरा जोशिलाई ‘पछ्यौर’ बोलको गीत अंग्रेजी गीतसँग मिल्न गएपछि चोरीको आरोप

Salyan Paribesh , ९२७  पटक हेरिएको

गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लागेको छ । उनले केही दिन अगाडि सार्वजनिक गरेको ‘पछ्यौर’ बोलको गीत अंग्रेजी गीतसँग मिल्न गएपछि चोरीको आरोप लागेको हो ।

‘पछ्यौर’ गीत उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् । उनको यो गीतको संगीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’ को संगीतसँग हुबहु मिलेको छ । गायक जेसनले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेका हुन् ।

एक साताअघि सार्वजनिक ‘पछ्यौर’ ३ लाख ४९ हजारभन्दा बढीले हेरेका छन् । इन्दिराको गीतमा प्रयोग भएका सुर तथा धुनसमेत टक डर्टीकै रहेको छ ।

प्रकाशित मिति: २०२२-०७-०८ , समय : १५:४४:२१ , १ वर्ष अगाडि