Salyan Paribesh , ९५५ पटक हेरिएको

दिल बिक्रम शाही,जाजरकोट असार २६। गितसंगितले युट्युबमा तहल्का मच्चाई रहेका छन्।दिनानुदिन गित बजारमा आउने क्रममा पोखरा घर भएका हाल अस्ट्रेलियामा बस्दै आएका सुपक अधिकारीको”दोहोरो मादल”सार्बजनिक भएको छ।
गितमा आफ्नो मायाको नाचेको बयान गरिको पाइन्छ।उक्त गितमा चर्चित कलाकार खेम सेन्चुरी र मनिला पुनको आवाजमा रहेको छ।सुपक अधिकारीले शब्द सिर्जना गरेका छन् भने लय सिर्जना याम थापामगरले गरेका हुन।होस्टिङ्ग तेजेश रेग्मी र राजु सुनामको रहेको छ।
उक्त गितको एरेन्ज याम थापा मगरले गरेका हुन भने रेकर्डिङ बिमल छिनाल,राजु सुनामले गरेका छन।मिक्सिङ्ग एचबीएन किसमते गरेका छन।गितलाई वान एचबी स्टुडियोमा निर्माण गरिएको छ।
उक्त गितको भिडियोमा दुर्गेश थापा स्मारिका ढकाल समारिका ढकाल लगायतको अभिनय रहेको देख्न पाइन्छ।गितलाई निर्भान प्लस युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ।
प्रकाशित मिति: २०२२-०७-१० , समय : ११:३४:०० , १ वर्ष अगाडि