राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित

Salyan Paribesh , ४३२  पटक हेरिएको

काठमाडौं
१६-माघ/ राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि आह्वान गरिएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेका छन् ।

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।

प्रकाशित मिति: २०२२-०१-३० , समय : १९:२५:५५ , २ वर्ष अगाडि