Salyan Paribesh , ६७३ पटक हेरिएको

काठमाडौं / असार,२७ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टालाई पुरस्कार समर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, सङ्गीत, नाट्यलगायतका विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन् ।
उनले भाषा, साहित्य, संस्कृति, सङ्गीत एवम् नाट्यलगायतका विधाहरू देशका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए । नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले स्रष्टा र साधकहरूलाई सरकारले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले उनीहरूमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पुर्याउने ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ ।
प्रकाशित मिति: २०२२-०७-११ , समय : ००:२८:०६ , १ वर्ष अगाडि