चुनावी तयारी : दाङमा मतदाता संख्या ४ लाख १३ हजार पुुग्यो

Salyan Paribesh , ५०७  पटक हेरिएको

१६-माघ/ दाङमा चार बर्षको अवधीमा ७४ हजार बढी मतदाता थपिएका छन् । लुुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको तथ्यांक अनुसार २०७४ सालको निर्वाचन यता ७४ हजार ४ सय २३ जना मतदाता थपिएका हुन् ।

२०७४ सालमा ३ लाख ३८ हजार ९ सय ५३ जना मतदाता रहेकोमा चार बर्षपछि अहिले बढेर ४ लाख १३ हजार ३ सय ७६ जना पुुगेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । अहिले एक लाख ७२ हजार ८ सय ३३ जना महिला, १ लाख ६६ हजार १ सय १८ जना पुरुष र २ जना तेस्रो लिंगी मतदाता रहेका छन् ।
[smartslider3 slider=”2″]

तथ्यांक अनुसार घोराहीमा एक लाख १४ हजार एक सय १५ जना, तुलसीपुरमा एक लाख ७ हजार ८ सय ८९ जना, लमहीमा ३४ हजार ७ सय २६ जना मतदाता रहेका छन् । त्यसैगरी, गढवामा २९ हजार ५ सय ४२ जना, राप्तीमा ३२ हजार ५ सय १६ जना, राजपुरमा १५ हजार ८ सय ६४ जना, बंगलाचुुलीमा १६ हजार २ सय ७५ जना, दंगीशरणमा १८ हजार २ सय ७ जना, बबईमा २२ हजार ६ सय ३८ जना र शान्तिनगरमा २१ हजार ५ सय ६७ जना मतदाता रहेको सूचना अधिकारी कुँवरले जानकारी दिए ।

स्थानिय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मितिहरु आउदै गर्दा निर्वाचन आयोगले मतदाता नामावली बनाउने कामलाई तिब्रता दिदै आएको छ । दाङका ७ गाउँपालिकामा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको थियो । गाउँपालिकाको कार्यालय मै शिविर चलाएर फोटो सहितको मतदाता नामावली संकलन गरिसकिएको छ ।

प्रकाशित मिति: २०२२-०१-३० , समय : १९:३५:३१ , २ वर्ष अगाडि