मेरो जन्म दिनमा अपर्चित म्यासेज (कथा प्रेमको)

Salyan Paribesh , ४९६  पटक हेरिएको

दिल बिक्रम शाही जाजरकोट ।मेरो जन्म बिं.सं.२०६० साल असार २८ गते जाजरकोटमा भएको हो।म एउटा गरिव परिवारमा जन्मेको मान्छे मलाई मेरो आमाले कान्छो सन्तानको रुपमा यस धर्तिमा जन्म दिनु भएको थियो।म भन्दा अगाडि मेरो एक दाइ तीन दिदी हुनु हुन्थ्यो।मैले गाउमै मेरो बालपन बिताई सकेको थिए।मैले गाउकै स्कुलमा कक्षा १० सम्म पढे।त्यसपछी ११,२२ पढनलाई मेरो ठुली आमा नवलपरासीमा हुनु हुन्थ्यो म ठुली आमाको घरमा गए।ठुली आमाको घरमा भाउजू एउटा बाबू ठुला बाबा अनि ठुली आमा मात्र हुनु हुन्थ्यो।दाइ मलेसियामा जानू भएको थियो।म पढाइको लागि ठुली आमाको घर नवलपरासीमा पुगे।कलेजमा ११ मा भर्ना भए।कलेज सुरु भयो।

कलेजको यात्रा यसरी सुरु हुन्छ।
पहिलो दिन कलेजमा जादा धेरै विद्यार्थीहरु थिए।मैले चिनेको भने कोही पनि थिएनन् ।त्यहाँ कलेजमा गै सकेपछि आफ्नो कक्षाकोठा कता हो?भनेर मलाई केही पनि थाहा थिएन।गेटमा बसेको सहायक कर्मचारीलाई सोधे ११ कक्षाको कोठा कता होनि सर?सरले भन्नू भयो?उ पारीको माथिले कोठा त्यतै जाउ ।मैले हस् सर धन्यवाद भनेर सरले देखाएको कक्षाकोठा तिर प्रवेश गरे।

कक्षामा प्रवेश गरीसकेपछी कक्षामा त पुरै विद्यार्थीहरुले कक्षाकोठामा बस्ने ठाउँ नै थिएन।मलाई गाह्रो पर्यो चिनेको कोही थिएन कहाँ गएर बस्ने म हबासिए कतै खाली ठाउँ छकी भन्दै नजर राखेर हेरिरहेको थिए।त्यति बेलै केटाहरुले जिसक्याउन थाले के हेरेको लाटाले पापा हेरे जस्तै भनेर मलाई जिसक्याउन थाले त्यही बेलामा अगाडिको ब्यानचमा बसेको एकजना केटिले मलाई आफू बसेकै ठाउँमा बस्न आग्रह गरियो। म त्यो केटिहरु बसेको ब्यानचमा बसे ,पछाडी पल्लो साईडमा बसेका केटाहरुले झन जिसक्याउन लागे केके भनेर?त्यही बेला सरले कक्षा कोठामा प्रवेश गर्नु भयो।कक्षामा प्रवेश गरिसकेपछि सरले मलाई तिमी यहाँ किन बसेको अन्त ठाउँ छैन पल्लो पट्टी केटाहरु भएको ठाउँमा जाउ मिलेर बस्न भनेर भन्नू भयो। म गए जो केटाहरूले मलाई जिसक्याएका थिए म उनिहरु भएकै ब्यानचमा बस्नु पर्यो।

त्यसपछि सरले आफ्नो बिषय पढाउनु भयो। पढाईसकेर कक्षाकोठा बाट बाहिर निस्किनु भयो।फेरि केटाहरुले कहाँ बाट आएको भनेर परिचय गर्न खोजे मैले जाजरकोटबाट आएको “दिल बिक्रम शाही”भनेर नाम बताए।केटाहरू जाजरकोट जाजरकोट विकट दुर्गम ठाउँ बाट आएको पाखे भनेर जिसक्याउन थाले म केही बोलिन त्यो दिन त्यस्तै गयो।पढाई भइ सकेपछि आफ्नो ठुली आमाको घर तिर फर्किए।त्यो कलेजबाट ठुलिआमाको घर आउन मलाई ३० मिनेट जति लाग्थ्यो ।पैतल यात्रा गर्नु पर्थ्यो,म बाटोमा हिन्दै गर्दा मलाई जो कक्षाकोठामा बस्न आग्रह गरेकी केटिले भनी सुन्नोस त? तपाईंको परिचय थाहा पाउन पाए हुन्थ्यो ?मैले मेरो नाम बताए ठेगाना भनौकी नभनौ अलमल परेर,त्यो केटिले भनी डराउनु पर्दैन घर कहाँ होनि भनेर प्रश्न गरि?मैले अलमल पर्दै जाजरकोट भनेर भने। भन्न पनि किना डराएको नि?हात मिलाउदै मेरो नाम शारदा चन्द ठकुरी घर मेरो यतै नवलपारासी अनि कता बस्नु हुन्छनी ?मैले मेरो ठुली आमाको घर छ त्यतै बस्छु भने? परिचय भइ सकेपछि माथी तिर आएसी दुइटा बाटो लाग्यो उ पनि अरु केटिसंग आएकी थिइ ? उ अब हामी छुटिनु पर्छ ल? भोलि कलेजमा भेट हुन्छ।आज खुसी लाग्यो नयाँ साथीसंग परिचय भयो भनेर हात हलाउदै बाईबाई गरि राम्रोसँग जानू होला भन्दै दोबाटो बाटोबाट छुट्टिम मैले हस् भने म आफ्नो ठुली आमाको घरमा गए।

त्यो दिनमा मनमा हरेक कुरा खेल्न थाले यहाँको केटाले मलाई कस्तो जिसक्या पाखे भने हेप्दा रैछन,तर यहाँको केटिले कति सम्मान गरेर आफ्नो ब्यानचमा बसन भनी भनेर सोचे त्यसपछि खाना खाने बेला भयो ठूलो आमाले खाना पकाउनु भएको थियो भात दाल अनि आलु काउलिको सब्जी खान खाएर आज कस्तो भयो पढाई गाउको भन्दा यहाँ त राम्रै पढाई हुन्छ होला है बाबू राम्रोसँग पढ्नु पर्छ भन्नू भयो।उम्म राम्रो भयो आमा तर केटाहरुले जिसक्यानी मलाई पाखे भनेर भनी म मन दुखाउदै भने।आमाले बिस्तारै बुझ्छन बाबू यहाँको केटाहरु यस्तै हुन पढ्न आउदैन चुरोट गाजा रक्सी खान्छन ।तिमी राम्रो संग पढ् बिस्तारै थाहा पाउछौ भन्नू भयो मैले हस् आमा भनेर कोठामा गए।कोठामा गएर खाटमा पल्टिए धेरै पाखे भनेको यादले मन छियाछिया हुन थाल्यो?अग्रेजिको ग्रामर सरले दिनु भएको थियो मैले होमवर्क गरेर सुते।

भोलीको दिन फेरी कलेजमा गइयो सबै विद्यार्थी स्कुलमा पुगि सकेका थिए।कक्षाकोठामा प्रवेश गरे कक्षामा प्रवेश गरेपछि शारदाले हाई दिल बिक्रम जि के छ खबर भनेर हात मिलाई शारदा बसेको ब्यानचका सबै केटिहरुले हात मिलाए त्यसपछि म पछाडिको मलाई जिस्क्याउने केटाहरु भएको ब्यानचमा बसे।सरले कोठामा प्रवेश गर्नु भयो? भन्नू भयो हिजोको कोसेली छ कि नाई? ल्याएर आएको ले बुझाउनु पर्यो कोसेली नलिएर आएकोलाई कार्बाही गर्ने बताउनु भयो?सबैले आ-आफ्नो गृहकार्य बुझाए मैलेनी बुझाए राम्रो सँग हेर्नू भयो र भन्नु भयो नाम केहो? घर कहाँ होनि भनेर मलाई सोध्नु भयो? मैले दिल बिक्रम शाही जाजरकोट हो सर भनेर उत्तर दिए।

धेरैको गृहकार्य मिलेको छैन तर दिल बिक्रम ले राम्रो गरेको छन सबै मिलेको छ नमिलेकाले यतै बाट लेख्नु भन्नू भयो?त्यसपछि पढाउन सुरु गर्नु भयो?पढाइ सकेर बाहिर जानू भयो?केटाहरुले पाखे भएनि पढाइमा राम्रै रैछ ?गृहकार्य मिलाएको छ भन्नू हुन्थ्यो सरले खै दे त हामी सार्छौ भने?मैले लेखेको कापी दिए।सारन लागे।म अर्को बिषयको किताब हेर्दै थिए।केटाहरुले आफ्नो कापिमा लेखेर मेरो कापी अगाडि बसेको ब्यानचको केटालाई दिएछन् अगाडि बसेकोलेनी लेखेछन त्यस्तै गर्दै शारदा भएको ब्यानचमा मेरो कापी पुगे छ? शारदालेनी मिलाएकी रैन्छ मेरो कापी हेरेर लेखी छ।

मेरो कापिको तल शारदा शारदा लेखेको रैछ खै कसले लेख्दिएछ्न त्यसपछि मलाई जिस्क्याउन थाले त्यसै गर्दै पढाइ सकेर घर जाने बेला भयो?फेरि हामी घर फर्कियौ बाटोमा शारदा सँगै फर्किने भयो किनाकी शारदा र म एउटै बाटो बाट दोबाटो सम्म करिव १५ मिनेट सँगै आउथेउ।बाटोमा शारदाले भनी तिमी त ट्यालेनड विद्यार्थी रैछौनी भनेर मैले मुस्कुराउदै भने?हैन अलिअलि मात्र अनि शारदाले भनी कापिको लास्टमा किना शारदा लेखेको नि?मैले जवाफ दिए मैले लेखेको हैन,खै कसले लेख्दिए छन भनेर?शारदा सँगै आएको केटिले भने नाम मन परेर होला लेखेको भनेर भन्न थाले?म बोलिन शारदाले ठिकै छ केही छैन भनी र त्यस्तै कुरा हुँदै हुदै फेरि दोबाटोमा पुगिम छुटिने बेला हुन थाल्यो हामी छुटियौ।

कलेजमा पढन थालेको एक महिना जति भयो मेरो अरु कोहि साथी थिएनन्।साथी भनेकै शारदा मात्र थिइ हामी सँगै पढ्थ्यौ।त्यसरी नै दिनहरु बित्दै गए।दशै तिहार कलेज बिदा हुने दिन आयो।असोज १५ बाट कात्तिक २५ गते सम्म स्कुल बन्द है भन्ने सुचना पढियो।कलेज बाट घर फर्किने समय भयो हामी सबै घरतिर लाग्यौं।बाटोमा सदाको दिन झै त्यो दिन शारदा म सँग बोलिन दोबाटोमा पुगेउ शारदाको साथिहरुले हात मिलाए दशै तिहार राम्रो संग मनाउनु है भन्दै बाटो लागे शारदा अलि पछाडी थिइ।शारदालाई के भयो पछाडी छ त आज त? भन्दै शारदाको साथिहरुले पर्खिए।म पनि बसे। शारदा आईपुगी अनि शारदाको साथिहरुले भने किना के भयो बिरामी छस ओई किन पछि आएकोनी भनेर भने?शारदाले बोलिन शारदा निरास थिइ सदै झै हसिलो मुहार त्यो दिन निरास भएको देखिन्थ्यो। मैले भने?शारदा के भयो नि?शारदाले भनी सबै साथिहरुसँग केही दिन छुटिनु पर्ने भेट नहुने अनि त्यसैले मन अर्कै भएको छ।अब त ४० दिन सम्म भेट हुदैन हाम्रो भनेर निरास भएको आवाजमा भनी।शारदाको साथिहरुले भने मलाई त आझै रुकुम जानू छ रोल्पा जानु छ दाङ जानू छ हामी गएमी है आउदा दशै तिहारको कोसेली सेल रोटि ल्याईदिम्ला राम्रो सँग दशै तिहार मनाउनु फोन गर्दै गरौंला भन्दै छुटिए।शारदा र म भने एकछिन त्यतै बस्यौं ।शारदाले भनी ?दिल तिमिपनी जाजरकोट जान्छौं होला नि है?मैले उम्म जान्छु भने। कहिले आउछौनी ४० दिन पछि नै त होला भेट हुने तिमी सँग भनेर भनी।

मैले उम्म कलेजमा नै हुन्छ होला भेट अब भने।अनि कहिले जान्छौनी घर भनेर भनी?मैले जानु पर्ला दुई तीन दिन पछि भने?शारदाले भोलि हामी कतै घुम्न जाउन भनी?म गाउले मान्छे ठुली आमाको घरमा बस्ने घुम्न त जाने आफुसँग पैसा नहुने बताए।शारदाले पैसाको चिन्ता नगर दिल भोलि हामी माथिको डाडा तिर जाउला त्यहाँ बाट सुन्दर दृश्यहरु हेर्न पाईन्छ भनी मैले हुन्छ भने।भोलि कति बजे कहाँ भेट्ने भनेर भने?आफुसँग मोबाइल थिएन ।शारदाले भनी तिमी यहि ठाउँमा आउनु १० बजे अनि जाउला भनी मैले हस् भने र रात पर्न थाल्यो।हामी आ-आफ्नो बाटो लाग्यौं।म ठुली आमाको घरमा पुगे आमाले भन्नू भयो अहिले सम्म के ढिला गरेको बाबू भन्नू भयो ?मैले हाम्रो कलेज दशै तिहारको बिदा भयो आमा आज बाट त्यसैले साथिसंग कुरा गर्दैमा ढिला भयो भने?भोक लाग्यो होला हात धोऔँ खाना बनाएकी छु खाउ बाबू भन्नू भयो मैले खान खाए?एकछिन कुरा गरौँ आमा छोराले मैले भने?आमा म यहाँ आएदेखी कतै घुम्न गएको छैन भोलि कतै तिर जान्छु नि अनि पर्सि घर जानू पर्ला भनेर?आमाले हुन्छ बाबू भन्नू भयो?आमा सँग कुरा गर्दै गर्दा रातिको १० बज्यो अब सुत्ने बेला भयो बाबू सुत है भन्नू भयो आमाले म आफ्नो कोठामा गए।निद्रा लाग्दै लागेन शारदाको याद आयो एकछिन किताब हेरे निद्राले छियो छ अनि निदाए छु।

भोलि बिहान उठे नुहाएर कपडा धोएर सुकाए आमाले खान बनाउनु भएको थियो ।खान खा बाबू आज घुम्न जाने भन्थिस १० बजि सक्यो भनेर भन्नू भयो?म झ्यास भए अ साच्चै शारदाले भोलि १० बजे दोबाटोमा आउनु भनेकी छ भनेर सम्झिए हतार हतारमा खान खाएर म घुम्न जान निस्किए आमाले मलाई ५०० सय रुपैयाँ दिनु भयो।म दोबाटोमा जान्जेल १५ मिनेट लागि सक्यो शारदा आएर कुरि रहेकी थिइ शारदा अघिपछिको दिन भन्दा चिटिक्कै भएकी थिइ हेर्दैमा जुन जस्तो मुहार थियो मान्छे धेरै राम्री थिइ।मैले शारदा कति खेर आएको भनेर भने अङ्गालो हाल्दै मलाई अहिले सम्म किन न आएको म त तिमी गइ सकेउकी भनेर निरास भएकि थिए भन्दै अङ्गालोमा बेरि।मैले कसैसँग पनि अङ्गालो गरेकै थिएन शारदाले अङ्गालोमा बेर्दा मलाई अर्कै कस्तो महसुस भयो।त्यसपछि हामी घुम्न जाने भनेको ठाउँ तिर गफ गर्दै गयौ।शारदाको एउटा दाइ अस्ट्रेलिया र अर्को दाइ अमेरिकामा छन।शारदा घरको एक्लो छोरी लाउन खान म कमि छैन।शारदाको हातमा आईफोन मोबाइल थियो?शारदाले रमाइलो ठाउँ एकान्तमा लागि मलाई फोटोहरु खिच्न भनी खिच्यौ।आफू सँग मोबाइल थिएन।शारदाले भनी दिल म तिम्लाई आज एउटा उपहार दिन्छु तिम्ले अस्वीकार गर्न पाउदैनौ नि भनी ?मैले के चिज होर त्यस्तो भने शारदाले दिल तिमी सँग धेरै कुरा गर्न मन लाग्छ।तिमी यो मोबाइल लैजाउ म अर्को मोबाइल दाईलाई पठाईदिन भनेकी छु दुईदिन पछि आउँछ भनी?मैले नाई म मोबाइल लगदिन भने शारदाले मलाई त्यसो भए एक्लै निरास बनाउन मन छ भनी?जबर्जस्ती आफ्नो आईफोन मोबाइल मलाई दिई।धेरै कुरा भए शारदाको घरको त्यो माथिको डाडा निकै रमणीय ठाउँ छ।हामी अब घर फर्किने बेला भयो फर्कियौ ।

त्यो डाडा नजिक कतै पसल थिएन्न हामी दोबाटोमा आई पुग्यौं।दिल आज मेरो घरमा जाउन पछि म मेरो बाबालाई मोटरसाइकलमा पठाईदिन लगाउला भनी म शारदाको घर गए शारदाको घरमा शारदा शारदाको आमा र बाबा मात्र थिए।बाबा नेपाली कांग्रेसका वडा अध्यक्ष आमा बाणिज्य बैंकको कर्मचारी हुनु हुन्थ्यो।शारदा धनी परिवारकी छोरी हो।शारदाको कोठामा बस्न भनी आमासँगै खाजा बनाएर मलाई कोठामै ल्याईदी।खाजा खान भनी हामिले एउटै थालिमा खाजा खायौं।त्यो दिन शारदा धेरै खुसी देखिन्थी।एकछिन पछि शारदाले आफ्नो आमा बाबा सँग मेरो परिचय गराई मैले परिचय गरे।अब म जान्छु है भने?शारदाको आमा बाबाले मलाई आज यतै बस्न भनि अनुरोध गर्नु भयो।शारदाले पनि यतै बसन दिल भनेर आग्रह गरिई।

मेरो ठूलो आमाको घरमा भाउजु सानो बाबू ठुलोबाबा अनि आमा मात्र हुनु हुन्थ्यो ।मलाई ठुली आमाले चिन्ता गर्नु हुन्छ भनी बताए।शारदाले खान खाएर त जाउलानी भनी बसन आग्रह गरिइ।म बसे धेरै कुरा गर्यौ शारदाले दशै तिहार मनाएकै भोलि पल्ट आई हाल्नु है भनी मैले हुन्छ भने।खान पाक्यो खान खायौ अनि शारदाले मलाई मोटरसाइकलमा घर छोड्दिन भनेर बाबालाई आग्रह गरिइ।बाबाले मलाई मेरो ठुली आमाको घरमा छोडिदिनु भयो।म ठुली आमाको घरमा पुग्दा आमाले मेरो बाटो कुरिरह्नु भएको थियो।बाबू मलाई चिन्ता लागेको थियो ।अहिले सम्म कहाँ थियौं भन्नू भयो। आमा म साथिको घरमा गएको भनेर भने आमा सँग धेरै कुरा भए।सुत्ने बेला भयो शारदाले दिएको मोबाइलमा फोटोहरु हेर्दै बसे शारदाको र मेरो शारदा धेरै राम्री थिइ।

भोलीको दिनमा म जाजरकोट घरमा दशै तिहार मनाउन फर्के?नवलपरासी बाट सुर्खेतको टिकट काटे।शारदाले आफ्नो आमाको नम्बर बाट फोन गरि कहाँ छौँ नि दिल भनेर?म घर जान बसपार्कमा आएको छु भने ।फोन कटाई।केही समय पछि म्यासेज गरि शुभ यात्रा दिल भनेर।मैले धन्यवाद भनेर म्यासेज गरे।घर पुगेसी यसै नम्बरमा मिसकल गर्नुनी है भनी?मैले हुन्छ भने।म बसमा बसे।सुर्खेत आए खान खाए त्यसपछि जाजरकोट आए।शारदालाई फोन गरे म घर पुगेको जानकारी गराए।दिन दिनै शारदा सँग मेरो कुरा हुन थाल्यो।दशै तिहार रमाइलो गरेर मनाई सकेपछि म फेरी पढाईको सिलसिलामा ठुली आमा शारदा भएको गाउमा गए।कलेज खुल्नु पाँच दिन अगिनै म ठुलो आमाको गाउमा पुगे।शारदा सँग भेट भयो।कलेज खुल्यो सबै विद्यार्थीहरु सँग भेट भयो त्यसरी नै कक्षा ११ को परिक्षा गरियो परीक्षा सकियो।दिनानुदिन शारदा सँग मेरो यात्रा नजिकिन थाल्यो।परिक्षाको नतिजा पनि आयो हामी पास भयौ।कक्षा १२ मा नाम लेखायौ।शारदा पढाईको सिलसिलामा काठमाडौ जाने भई। दिल तिमी भएकै ठाउमा बस्न मन लाग्छ अचेल साच्चै हामी एक अर्कोलाई धेरै माया गर्छौ है।तर दिल मलाई काठमाडौ पढनको लागि जाने भनेको छनी तिमी र म जाउन भनी?म गरिव परिवारको मान्छे काठमाडौ गएर पढ्ने पैसा थिएन।

म गरिव भएको बताए जाउ हिन म छुनी भनी ?हामी काठमाडौ गयौ नयाँ कलेजमा पढन जान्थौ सँगै पर्थ्यौ ।काठमाडौ गएपछि शारदा अरु नै केटासँग भेट्न थाली बिस्तारै मलाई टाढा बनाई।मैले कक्षा १२ को परीक्षा दिए पछि म गाउँ फर्किए।हानेको फोन पनि कटाई दिन्थिइ।फोन गर्थिन।उस्ले राम्रो केटा चितवनको पाएकी थिइ।हाम्रो सम्पर्क टुट्यो मैले १२ पास गरिसकेपछि ठुली आमा शारदाको गाउँमा गएन।शारदाले मलाई त्यसपछि कहिलेनी फोन गरिना।शारदाको नम्बर सेबछ म सँग आझैपनी तर नम्बरमा फोन लागेन शारदाले नयाँ घरजम गरेको शारदाको रुकुमको साथी एन्जिला बाट खबर सुने।म रोए बिगतका दिन सम्झेर?याद आई रह्यो संगै घुमेको सँगै पढेको सँगै काठमाडौ बसेको।

असार २८ गते मेरो पहिलो जन्म दिन शारदा सँगै मनाएको थिए ।आज बिहानै एक अपर्चित नम्बर बाट happy birthday भनेर मोबाइलमा म्यासेज आयो।मैले हेरे ओहो आज मेरो जन्म दिन कस्ले सम्झियो।मलाई त आफ्नै जन्म दिन पनि थाहा थिएन।मैले thak you भनेर म्यासेजको रिप्लाई गरे।नम्बर सेब थिएन अपर्चित भएकाले मैले फोन गरे?फोनमा बोली सुनियो शारदाको झै लाग्यो।दिल के छ खबर के गर्छौ?कहिले कहिले काहीँ समयले धेरै धोका दिने रैछ?भनेर भनी।मैले के भन्ने भन्ने बोल्ने आट्नै आएन।फोन कट्यो फेरि फोन गरे।मैले सबै ठिक छु।तिम्ले त बिर्सेउनी मलाई भन्दा उसले भनि,हैन दिल बिर्सेको भए किना यसरी महत्त्वपूर्ण दिनाअ सम्झिन्थे होला र?तिमी आफै बुझ्न भने देखि धेरै करिब १० मिनेट जति कुरा भयो।म उ सँग कुरा हुन पाउँदा खुसी भए।र अर्को कुरा उ अर्कैको साथमा भएको भएर दुखी बने,बिस्तारै भुल्दै थिए ।त्यि दिनहरु फेरि बल्झीन थाले।मैले आज यहीँ दिन सम्झेर तडपी रहेको छु।भौतारी रहेको छु।♥

प्रकाशित मिति: २०२२-०७-१२ , समय : ११:४१:४९ , ११ महिना अगाडि