Salyan Paribesh , ७०२ पटक हेरिएको

सास नै रोकिन्छ अस्त ब्यस्त शहरमा
तुसारा पात भैदिन्छ टुसाएको रहरमा
सोचे जस्तो नहुदा सपना सबै तुहिदा
झस्किएर ब्युझिन्छु छट्-पटी कहरमा।
उठ्नलाई आधार चाहिन्छ लतालाई पनि
बस्तु अनुसार पात्र चाहिन्छ कथालाई पनि
तर बिडम्बना भो टाउकोले टेकेर उठ्नलाई
परिपुरक हुनु छ बोकेर भारी गधालाई पनि।
पैसाले मेहनत किन्नेहरुको कस्तो त्यो तुच्छ नजर
दयाको ठाँवै नभाको कति सानो त्यो छातीको सगर
आफ्नो स्वार्थ पूरा गर्न पाए थोरै पनि लाज नमानी
आफैले बनाको त्यो नियम कानुन हुन्छन सबै बदर।
नुमा खलिङ किरात
प्रकाशित मिति: २०२२-०७-१२ , समय : १५:०२:२९ , १ वर्ष अगाडि