Salyan Paribesh , ६५२ पटक हेरिएको

दिल बिक्रम शाही जाजरकोट।दिनानुदिन गितसंगितले युट्युब तातिएको छ।गित संगित बजारमा आउने क्रममा लोकदोहोरी गायक तथा सर्जक रेशम सापकोटाको “गम्छा सेतै छ”सार्वजनिक भएको छ।
“गम्छा सेतै छ”गितमा आफ्नो मायाले हातले बोलाएको र नजर त्यतै लगाएको शब्द सुन्न सकिन्छ।गितमा बाटो हेरे हुन्छ है घरबार,अच्छा लकिन,लगायतका थुप्रै गितमा आफ्नो पहिचान बनाएका लोकदोहोरी गायक तथा सर्जक रेशम सापकोटा र निशा रनपाल (टेलरवाली)को आवाज रहेको छ।ग्रुप आवाजमा राजन पौडेल,सुरेश चित्रकार,धर्तिमा थापा,सीता घिमिरेको रहेको छ।उक्त गितको लय शव्द रेशम सापकोटाले नै गरेका छन्।
गितमा म्युजिक एरेन्ज कृष्ण के सी ले गरेका छन् भने रेकर्डिङ नवराजले गरेका हुन् ।गितमा मिक्सिङ्ग कमल थापाले गरेका छन्।गितलाई सारेगमा रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ।
उक्त गितको भिडियो निर्देशन रेशम सापकोटाले गरेका छन्।भिडियो निर्माण रोशन धिताले गरेका छन।गितमा रेशम सापकोटा र निशा रनपाल (टेलरवाली) लगायतको अभिनय रहेको देखन सकिन्छ।उक्तक गितलाई तरेली संगित कुंज युट्युब च्यानला राखिएको छ।
हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :
प्रकाशित मिति: २०२२-०७-१३ , समय : १७:४२:१० , ११ महिना अगाडि