Salyan Paribesh , ३२६ पटक हेरिएको

म्याग्दी – ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टरका सहचालक रोल्पाको सुनछहरी गाउँपालिका–३ का १८ वर्षीय नरजित घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
पर्वतको मिलनचोक बाट अपर राहुघाट जलविद्युत् आयोजनाकाे निर्माण सामग्री लिएर जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्रयाक्टर गएराति रघुगङ्गा गाउँपालिका–४ दग्नाम नजिक पानाकोटमा दुर्घटनामा परि सडकबाट करिब १४ फिट तल खसेको थियो । गम्भीर घाइते भएका घर्तिमगरलाई उपचारका लागि बेनी अस्पताल ल्याए लगत्तै डाक्टरले मृत घाेषणा गरेकाे र मृतकको शव पाेष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ। दुर्घटना ग्रस्त ट्याक्टरकाे ढालाले च्यापिएकाे अवस्थामा उनलाई निकालेकाे हुदा उनी ट्याक्टरकाे ट्रलीमा बसेकाे अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रवक्ता प्रहरी नायव निरीक्षक वीरेन्द्र गुरुङले जनसहारा अनलाइनसंग बताए।
चालक रोल्पाको सुनछहरी गाउँपालिका–३ का जनक घर्तिमगर सामान्य घाइते छन। चालक घर्तीमगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए।
प्रकाशित मिति: २०२२-०१-३१ , समय : ०८:००:३२ , २ वर्ष अगाडि