Salyan Paribesh , ६८७ पटक हेरिएको

असार २९ जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा करारमा रहेका कर्मचारीको म्याद थप नहुने भएको छ।असार २५ गते बसेको नगरसभाको बैठकले करारमा रहेका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ।
नगरपालिकाले एक सूचना जारी गरि अनुदानबाट तलब भता भुक्तानि भइ करारमा कार्यरत कर्मचारीको आगामी श्रावण १ गते देखि करार सम्झौता नवीकरण म्याद थप नहुने निर्णय भएको छ।
अर्को निर्णय नभएसम्मको लागि कामकाज नगर्नु हुन सुचित गरिने प्रमुख प्रशासकीय अधिकृत गंगा आर.सीले जानकारी दिए ।
प्रकाशित मिति: २०२२-०७-१३ , समय : २१:१३:४५ , ९ महिना अगाडि