Salyan Paribesh , ४३६ पटक हेरिएको
शिवालय । जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको गाउँ सभाको बैठकले करारमा रहेका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले एक सूचना जारी गरी ‘गाउँपालिकाको अनुदान बाट तलव भत्ता भुक्तानी भई करारमा कार्यरत कर्मचारीहरुको आगामी साउन ०१ गते देखि करार सम्झौता नवीकरण÷ म्याद थप नहुने निर्णय भएकोले अर्काे निर्णय नभएसम्मका लागि यस कार्यालयमा हाजिर भई कामकाज नगर्नहुन सूचित गरिन्छ’ सूचनामा भनिएको छ ।
गाउँपालिकाको पूर्वाधार विकास शाखा बाहेक सबैमा कार्यरत करार कर्मचारी, वडामा कार्यरत करार कर्मचारी, कृषि पशुपंक्षी विकास शाखाका करार कर्मचारी, स्वास्थ्य शाखा र विभिन्न ईकाइमा कार्यरत कर्मचारी, शिक्षा यूवा तथा खेलकुद शाखामा कार्यरत कर्मचारी, अनुदान शिक्षक, बालविकास सहजकर्ता सहित हलुका, ब्याक हो लोडर सवारी चालक, सहचालक सबै कर्मचारीको म्याद थप नहुने गाउँ सभाले निर्णय गरेका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले जानकारी दिए ।
प्रकाशित मिति: २०२२-०७-१३ , समय : २१:१९:४१ , ८ महिना अगाडि