कालिका माध्यामिक बिद्यालय कपुरकोटले विभिन्न कार्यक्रम गरी मनायो गुरु पूर्णिमा

Salyan Paribesh , १८९२  पटक हेरिएको

सल्यान/ असार,३०तुला राम डाँगी क्षेत्रि
२०७९/असार २९ गते बुधवार गुरु पूर्णिमाको अबसरमा श्री कालिका माध्यामिक बिद्यालय कपुरकोटले विभिन्न कार्यक्रम गरी गुरु पूर्णिमा मनाएको छ ।

कार्यक्रमअन्तर्गत कालिका मा.बि. का विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले स्कुलको कार्यक्रमको आयोजना गरी सम्पूर्ण शिक्षक-शिक्षिकाहरुलाई टीका र फूलमाला लगाएर गुरु पूर्णिमा मनाएका छन् ।

मनोरन्जनका लागि विद्यार्थीहरुले आ-आफ्नो कला देखाउदै सास्कृतिक कार्यक्रम  गरेका थिए भने, खाने परिकार रोटि पुरी लगायत विभिन्न परिकारहरु पनि बनाएका थिए ।

बिद्यार्थीहरुको कला सस्कृति हेर्नको लागि भिडियोमा क्लिक गर्नुस

स्कुलले अन्य विभिन्न अवसरहरुमा पनि अतिरिक्त क्रियाकलापहरु गर्दै आएको स्कुलका शिक्षक प्र.अ. चुडामणि केसीले जानकारी दिनुभएको छ ।

बिद्यार्थीहरुको कला सस्कृति हेर्नको लागि भिडियोमा क्लिक गर्नुस

 भिडियोमा क्लिक गर्नुस

प्रकाशित मिति: २०२२-०७-१४ , समय : ०३:४१:१६ , ९ महिना अगाडि