टिकटक बाटै १ करोड ८० लाख कमाउने भाइरल मन्दिरा को हुन् ?

Salyan Paribesh , ८२९  पटक हेरिएको

काठमाडौ । सबैमाँझ लोकप्रिय बन्दै गइरहेको छ टिकटक। नेपालमा धेरै टिकटक प्रयोगकर्ताहरु छन्। यसबाट नै लाखौ, करोडौ कमाउने नेपालीहरु पनि छ। बच्चा, बूढा र युवाहरु अहिले टिकटकमा रमाइरहेका हुन्छन्। टिकटकमा भिडियो हाल्ने, आफूले जानेको कला देखाउने पनि गर्छन्। तर अहिले टिकटकमा बिकृतिहरु पनि देखिएका छन्।
यसैबीच यतिबेला टिकटकबाट पैसा कमाउने होडबाजी पनि चलेको छ। के टिकटकबाट कमाई हुन्छ त ? धेरै माँझ यही जिज्ञासा पनि छ । राजधानी काठमाडौ सतुँगलकी मन्दिरा ढुंगाना लाइभमा बस्छिन्। उनले टिकटकबाट राम्रो कमाई गर्ने गरेको दाबी पनि गरेकी छिन्।
[smartslider3 slider=”9″]
मन्दिराले पैसा कमाएर काठमाडौंमा गतिलो घडेरी किनेको पनि बताएइन्। दुखीहरुलाई सहयोग गर्न थालेकी छिन्। केही समयअघि उनले एक बिरामी बच्चालाई रु ५० हजार दिएकी थिइन्। धुर्मुस सुन्तली फाउण्डेशनलाई पनि सहयोग दिने बाचा गरेकी छिन्।
टिकटकबाटै कमाएर आफूले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाट कमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन्। उनले कमाई हुने ग्यारेण्टी गर्दै आफ्नो कमाईको सूची नै मोबाइलबाट देखाएकी थिइन्। हजार डलरभन्दा माथी नै आइरहेको देखिन्छ। त्यो भनेको एक लाख भन्दा माथी हो।

मन्दिराले अहिले सम्म १ करोड ८० लाख कमाएको बताएकी छन् । टिकटक बाट कमाएको पैसाले घडेरी किनेकी मन्दिराले घर बनाउने तयारी गरेको सुनाईन । उनि भन्छिन् कुनै बेला दिनमा ५ ६ लाख सम्म कमाएको छु जम्मा मईले १ करोड ८० लाख कमाईसके ।
टिकटकबाट यति कमाए, उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आइरहन्छन्। मन्दिर काभ्रेपलान्चोकमा जन्मिएकी हुन्। उनका बाबु इन्द्रप्रसाद ढुंगाना र आमा पूर्णमाया ढुंगाना अहिलेपनि काभ्रेमा नै छन्। तर उनी काठमाडौमा बस्छिन्।

प्रकाशित मिति: २०२२-०१-३१ , समय : ०८:१९:०८ , १ वर्ष अगाडि