दोस्रो रियाद कप -२०२२ फुटबल प्रतियोगिताको उपाधी रियाद फुटबल क्लबलाई

Salyan Paribesh , ४१०  पटक हेरिएको

रियाद,साउदी अरब। मुस्लिम धर्मालम्बी हरुको महान पर्व ईद अल अधाको पावन अवसरमा साउदी अरबको राजधानी शहर रियादमा नेपाली श्रमिक बीच आयोजित दोस्रो रियाद कप-२०२२ फुटबल प्रतियोगिताको उपाधी रियाद फूटबल क्लब रियादले चुमेको छ।

आयोजक रियाद फुटबल क्लब साउदीले फिनालेमा युनाइटेड फूटबल क्लब ,दम्मामलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेका थिए । बिजेता तथा उपबिजेता क्लब लाई खेल समपान समारोहका प्रमुख अथिती तथा श्रमिक माझ फुटबलका पर्याबाची सुमन भट्टराईले नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएका थिए।

प्रतियोगिताको प्रथम पुरस्कार नगद ४ हजार रियाल र ट्र्फी,मेडल र प्रमाणपत्र रियाद फुटबल क्लबलाई ,द्वितीय पुरस्कार नगद २ हजार ५ सय रियाल ,ट्र्फी,मेडल र प्रमाणपत्र युनाइटेड फुटबल क्लबलाई ,बेस्ट किपर – याम थापा मगर( रियाद फूटबल क्लब ), बेस्ट डिफेन्स बिकेक थारु ( रियाद फूटबल क्लब), हाइ स्कोर सुमित मगर( रियाद फूटबल क्लब), बेस्ट कोच सन्जित थापा , (रियाद फूटबल क्लब),MVP – साजन थापा मगर (रियाद फूटबल क्लब ),बेस्ट मेनेजर युबराज गुरुङ (युनाइटेड फूटबल क्लब दमाम), बेस्ट मिड फिल्डर -प्रज्वल तामाङ (युनाइटेड फूटबल क्लब दमाम ),बेस्ट फर्वाड-बिजय लिम्बू (युनाइटेड फूटबल क्लब दमाम) ,प्रकाश गुरुङ -म्यान अफ द सिरिज (युनाइटेड फूटबल क्लब दमाम) प्रदान गरिएको खेल संयोजक भोज गुरुङले जानकारी दिए।

पछिल्लो पटक नेपाली श्रमिकहरु खेल तथा कल्चरल कार्यक्रममा आकर्षित हुँदै गईरहेको अबस्थामा रियादको रबिया फूटबल ग्राउन्ड गत जुलाई ८ र ९ तारिकमा २४ टिम सहभागीतामा प्रतियोगिता सम्पन्न भएको थियो।

भिडियोमा क्लिक गर्नुस

https://youtu.be/QQRitjKp7Q0

 

साभार –

पिटि अनलाईन न्यूज

प्रकाशित मिति: २०२२-०७-१५ , समय : ०१:५७:०७ , ७ महिना अगाडि