Salyan Paribesh , २०३४ पटक हेरिएको

वैदेशिक रोजगारीका लागि साउदी आएका १४ जना नेपाली बिचल्लीमा परेका छन्। ७ महिना पहिला ब्लु ग्यालेक्सी मेनपावर मार्फत साउदी आएका उनीहरू अलपत्र अबस्थामा जेद्वाको कनसुद्वामा रहेका थिए । हिजो मंगलवार कम्पनीले कोठा भाडा नतिरे भनेर घरपेटीले रुमबाट निकाली दिएपछि बिचल्ली माथि बिचल्ली परेका हुन्।
साउदीमा सक्रिय संघसंगठन तथा ब्यक्तित्वले खाद्यान्न सहयोगमा बसिरहेका उनीहरु एक्कासि सडकमा आउनु परेको छ। साउदीको गर्मिमा रुम बिहिन भइ सडकमा आएपछि मेनपावर संचालक हेमहरी अर्याल र जेद्वा स्थित महाबाणिज्य राजादुताबास जानकारी गराएका पीडितले जानकारी दिए । रुम बिहिन हुदापनी दूतावासबाट आशालाग्दो सहयोग नपाएको गुनासो पीडितले गरेका छन् ।
भिडियोमा क्लिक गर्नुस
https://youtu.be/QQRitjKp7Q0
मेनपावरको संचालक अर्यालले पिडितलाई समस्यामा पर्दा मानवीय रुपमा तत्काल ब्यबस्थापन गर्नु जिम्मेवारी हुदा पनि गोलमोल जवाफ दिएको पीडित बताएका छन् । पीडितहरु बारे बुज्न पिटि अनलाईनले साउदी स्थित मेनपावरका संचालक अर्याललाई सम्पर्क गर्ने प्रयासा गरेका थिए।उनको नम्बर ब्यस्त देखाएका छन् । पीडितहरुको समस्या बारे निरन्तर खवरदारी गर्दै आउनु भएका सुदूर पश्चिमेली समाज साउदीका उपाध्यक्ष केशव सिंहले मेनपावर र दूतावासमा कुरा राखेर समस्या समाधानको लागि पहलको प्रयास गरेपनि अहिले सम्म कुनै पहल नभएको जानकारी दिए।
भिडियोमा क्लिक गर्नुस
https://youtu.be/EBITBinoOvA
पीडितहरुले अलपत्र अबस्थामामा साउदी प्रहरीलाई आफ्नो बारे जानकारी गराएको र प्रहरीले आफुले केही गर्न नसक्ने र तत्काल लेवर कोर्ट जान सुझाव दिएका पीडितले जानकारी दिए। लेवर कोर्ट गएर निवेदन लेख्न जनही १०० रियाल लाग्ने ,आफुहरु संग रकम नभएर जान नसको पीडितले पिटि अनलाईन बताए ।पिडितहरुले जेद्वाको कनसुद्वाको सडकमा बेवारिसे अबस्थामा रहेका छन् । उनीहरूले तत्काल नेपाल उद्वार गरिदिन साउदी स्थित दूतावास लगायत संघसंगठन तथा नेपाल सरकारलाई आग्रह गरेका छन्।
केही समय पहिला उक्त मेनपावर मार्फत आएका जेद्वाका १२ जना पीडितहरुको भिडियो सार्वजनिक भएपछि हामी मेनपावर व्यावसायि हो मानव तस्कर होइन भन्दै भिडियो हटाउन दबाब दिने मेनपावर संचालक अहिले कुन दुलोमा लुकेछ ? साउदी गर्मिमा पीडितहरु अलपत्र भएको २ दिन हुन लाग्दा सम्म उद्वार गर्न आफुलाई व्यावसायि दावी गर्ने उनलाई के ले रोकेको भनेर पीडितले प्रतिप्रश्न गरेका छन् ।उक्त मेनपावर मार्फत साउदी आएका १२ जना जेद्वाको अल बहामा , १७ जना दम्माम अलपत्र अबस्था रहेका छन् ।
यो हेर्नुहोस रिपोर्टिङ्ग भिडियो
https://youtu.be/j4Umg0ecJtI
प्रकाशित मिति: २०२२-०७-१५ , समय : ०३:००:३८ , १ वर्ष अगाडि