“हेर मलाई म रोएँ “कविता संग्रह विमोचन कार्यक्रम सम्पन्न

Salyan Paribesh , १८१२  पटक हेरिएको

“हेर मलाई म रोएँ “कविता संग्रह

विमोचन कार्यक्रम सम्पन्न भएको छ।
अछाम जिल्ला पन्चदेवल विनायक नगरपालिका वडा नम्बर 6 तोलीमा आमा तारा देवी रावल र बुबा केशर रावलबाट जन्मनुभएका मनोज रावलले नेपाली कविता संग्रह ‘हेर मलाई म रोएँ ‘ प्रकासन गर्नु भएको छ। जनकल्याण मावि साफेमा हेर मलाई म रोएँ कविता संग्रह विमोचन कार्यक्रम सम्पन्न भएको छ। जनकल्याण माविका प्रधानाध्यापक भिम बहादुर बुढाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन प्राविधिक धारका शिक्षक रेमन्त सुनारले सञ्चालन गर्नुभएको हो। साथै उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरु र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

रावलद्धारा लिखित कविता संग्रह ‘हेर मलाई म रोएँ’ मा सत्ताईवटा कविताहरु रहेका छन्। उक्त कविता संग्रहमा रहेका कविताहरु राजनितिक सामाजिक, देशभक्ति, वातावरण संरक्षण र व्यग्यत्मक शैलीमा लेखिएका छन्। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीमा जन्मनु भएका रावलले ‘हेर मलाई म रोएँ’ गद्य कविता संग्रह प्रकाशित गर्नु भएको हो।

भिडियोमा क्लिक गरि यो पनि हेर्नुस
https://youtu.be/QQRitjKp7Q0
पन्चदेवल विनायक नगरपालिका वडा नम्बर 6 स्थित श्री धनवन्तरी माध्यमिक विद्यालयबाट SEE पास , टिकापुर नगरपालिका स्थित वीरेन्द्र विद्या मन्दिर माबिबाट +२ पास र साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित जनकल्याण माध्यामिक विद्यालयमा शिभिल ईञ्जिनियर अध्ययनरत रावल सानै उमेर देखि साहित्य तथा कविता लेखनमा रुचि राख्दै आउनु भएको थियो। रावलले भने मेरो सानै उमेर देखिको कविता लेखन र संग्रह प्रकाशन गर्ने रुचि थियो, त्यो पूरा गरीयो। उहाँले आफ्ना हजुरबुवा सम्पति रावलको आशिर्वाद बाट साहित्य क्षेत्रमा पाइला टेक्नु भएको बताउनुहुन्छ।।उहाँले भन्नु भयो आउँदा दिनमा पनि म कला साहित्यलाई निरन्तरता दिई रहने छु।

यस्तै उहाँले ‘हेर मलाई म रोएँ’ गद्य कविता प्रकाशन गर्न सहयोग गर्ने सबै प्रति र कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी साथीहरु र शिक्षकहरुलाई आभार प्रकट गर्दै धन्यवाद समेत दिनु भएको छ।

सागर रावल

प्रकाशित मिति: २०२२-०७-१५ , समय : २१:१०:४८ , १ वर्ष अगाडि