भारत प्रस्थान गर्नुअघि प्रचण्डले उत्साहका साथ भने : जाँदैछु

Salyan Paribesh , १३२८  पटक हेरिएको

काठमाडौं/असार,३१ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड शुक्रबार भारत प्रस्थान गरेका छन् । भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताए । साथै उनले भ्रमण आकस्मिक नभएको समेत दाबी गरे ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभउको समेत बताएका छन् ।
नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको र उनी सचिव भएपछि आफूलाई फोन गर्दा जुलाई दोस्रो वा तेस्रो हप्ता उपयुक्त समय हुनसक्छ भनेको भन्दै प्रचण्डले भने, ‘त्यही अनुसार यो भ्रमण हुन लागेको हो । आकस्मिक होइन ।’

भिडियोमा क्लिक गरि यो पनि हेर्नुस
https://youtu.be/QQRitjKp7Q0
भारतीय प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको भन्दै उनले व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेण्डा उठाउने बताए ।

कसरी जाने भनेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेको भन्दै प्रचण्डले भने, ‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु ।’

प्रकाशित मिति: २०२२-०७-१५ , समय : २२:२४:५९ , ८ महिना अगाडि