एचविएन किस्मत र राजु सुनाम को “चुरी छैयाँ छैयाँ” सार्वजनिक (भिडियो सहित)

Salyan Paribesh , २७९  पटक हेरिएको

असार ३२ जाजरकोट। पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन्।लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् भने कति गर्ने समयमा छन् ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

बजारमा गितसंगितको माहुल बढे सँगै  यसैक्रममा राजु सुनामको शव्दमा रहेको गित”चुरी छैयाँ छैयाँ”गित सार्वजनिक भएको छ।

“चुरी छैयाँ छैयाँ”गितमा एचविएन किस्मत र एलिना चौहानले आवाज दिएका छन्।शब्द सिर्जना राजु सुनामको रहेको छ भने,उक्त गितको लय सिर्जना एकबी किस्मतले गरेका हुन।गितमा ग्रुप आवाजमा रुपि सिन्जाली मगर,प्रतिमा बिश्वकर्मा,प्रकाश याश र बिनोद छिनालले आवाजमा दिएका छन् ।गितलाई वान बिडि स्टुडियोले निर्माण गरेको छ।

गितमा म्युजिक एरेन्ज एचवीएन किस्मतले गरेका छन् भने रेकर्डिङ बिमल छिनाल र बिनोद छिनालले गरेका हुन।भिडियोमा निर्देशन मौसम हिमालीले गरेका छन् ।

भिडियोको छयाकन बिजय मगरले गरेका छन्।बिजय मगर,मौसम हिमाली स्मारिका ढकाल र समारिका ढकाल लगायतको अभिनय रहेको देख्न पाईन्छ।उक्त गितलाई एचबीएन किस्मतले आफ्नै युट्युब च्यानल HBN Kismat मा राखेका छन्।भिडियो हेर्न लिंक क्लिक गर्नु होला http://https://youtu.be/oK14NB9puH0

प्रकाशित मिति: २०२२-०७-१६ , समय : २०:३१:४४ , ७ महिना अगाडि