कुशे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Salyan Paribesh , ६२९  पटक हेरिएको

जाजरकोट श्रावण ०२।जिल्लाको कुशे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

गाउँपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्वका विषयमा जानकारी दिइएको थियो ।राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिका भित्रका ९ ओटै वडामा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अहेव अमरजंग शाहले जानकारी दिए छन् । सोमबार नै छुट्याएका ५२७ बालबालिकाले खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणाका गरिएको शाहले बताएका हुन् ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको शाहले बताएका छन् । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिईएको छ ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत, वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधी, गैर सरकारी संस्थाका प्रतिनिधी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०७-१८ , समय : १७:५५:३१ , १ वर्ष अगाडि