Salyan Paribesh , ८१२ पटक हेरिएको

श्रावण ०२ सल्यान ।सल्यानका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान घर नजिकै पोलमा विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।
कालिमाटी गाउँपालिका ३ ढोढेनी निवासी घनश्याम भण्डारीका २५ वर्षिय छोरा बविन भण्डारीको उपचारका क्रममा दाङको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका हुन् । घाइते भएका भण्डारीको उपचारका क्रममा करिब दुई बजेतिर मृत्यु भएको बताइएको छ ।
खड्काका अनुसार घाइते भएका भण्डारीको सामान्य उपचारपछि थप उपचारका लागि दाङ रीफर गरिएको थियो । भण्डारीको शवलाई राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टम भैरहेको प्रहरीले जानकारी दिएको
प्रकाशित मिति: २०२२-०७-१८ , समय : १८:०३:४९ , १ वर्ष अगाडि