Salyan Paribesh , १९६७ पटक हेरिएको

सल्यान / श्रावन,२ – तुला राम डाँगी क्षेत्री
पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच करिब १०० भन्दा बढी गीतहरुमा आफ्नो सिर्जना प्रस्तुत गरिसकेका लोकप्रिय गायक तथा सर्जक बिनोद ढकालको प्रस्तुतिमा भर्खरै मात्र तीज गीत “खेताला” सार्बजनिक भएको छ ।
महिला हिंसा र दाइजो बिरुद्धको आवाज संगै छोराछोरी नपाएको निहुमा श्रीमती माथिको हिंसालाई लक्षित गर्दै पारिवारिक बिषयबस्तुमा यस गीतमा बिनोद ढकाल, माया दर्नाल, दिपकला थापा रिम्प्ले र कृष्ण लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ ।
फरक खालका समसामाहिक बिषयबस्तुलाई टपक्क टिपेर गीतमा उतार्न खप्पिस उनै विनोद ढकालको लय शब्दमा तयार भएको “खेताला” भन्दा पहिले ढाडे बिरालो, टिकटक गरम आउ, यस्पालिका तिज गित, घण्टा, म जस्तै खुशि को छर, जुका लाग्ने गाउँमा लगायतका गीतहरु सार्बजनिक भैसकेका छन् ।
गीतको रोमान्चकता जस्तै भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा विनोद ढकाल, शुशिला निरौला (बिम्ली) गणेश ए.सी, रोमा बिष्ट, अनुप कार्कीको देख्न सकिन्छ । लक्ष्मण श्रेष्ठको निर्देशन तथा कथामा रहेको “खेताला” बोलको गीतको म्युजिक भिडियोलाई परिकल्पना विनोद ढकालको रहेको छ भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई बिनोद ढकाल, ल्याब म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :
https://youtu.be/egBcZOgstpc
यो पनि हेर्नुहोस
https://youtu.be/QQRitjKp7Q0
प्रकाशित मिति: २०२२-०७-१८ , समय : २०:३९:१७ , ११ महिना अगाडि