बर्दियामा ब्राउनसुगर सहित १ जना पक्राउ

Salyan Paribesh , ३०९  पटक हेरिएको

श्रावण ०३ बर्दिया ।बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, जिल्लाको मधुबन नगरपालिका वडा नंं.८ टेसन बस्ती बस्ने अन्दाजी २३ वर्षिय अर्जुन सुनार रहेका छन ।

सोही नगरपालिकाको वडा नं.४ मचाड चौक स्थित हुलाकी सडक खण्डमा संकास्पद अवस्थामा फेला परी चेकजाँच गर्दा उनको साथमा २९० मिलिग्राम ब्राउन सुगर फेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि लागुऔषध मुद्दा दर्ता गरी बर्दिया जिल्ला अदालत बाट म्यादथप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०७-१९ , समय : १०:५८:४९ , ७ महिना अगाडि