Salyan Paribesh , ४७६ पटक हेरिएको
श्रावण ०३ सल्यान ।सल्यानमा चालु आर्थिक वर्ष २०७८ / ०७९ मा जिल्लाभर १ सय ४५ सवारी दुर्घटना भएका छन् ।
विभिन्न किसिमका सवारीसाधन दुर्घटना हुँदा ३४ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।
ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा परी २ सय ४२ जना घाइते भएका छन् ।
सम्बन्धित निकायले बारम्बार सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालक, सहचालकलाई सडकमै गाडी रोकेर दुर्घटना न्यूनीकरण र ट्राफिक नियमबारे जानकारी गराउँदै आएको भएपनि सल्यानमा सवारी दुर्घटनामा भने कमी आएको छैन । सडकको दुरावस्था, चालकको लापरबाही तथा जति ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरे पनि त्यसलाई पालना नगरी बेवास्ता गर्दा जिल्लामा दुर्घटनामा कमी नआएको हो ।
सडकको दुरावस्था, चालकको लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र पुराना गाडी भएकाले दुर्घटना नरोकिएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख लक्ष्मण विश्वकर्माले बताएका छन ।
जिल्लामा ट्राफिक नियम उलङघन गर्ने सवारी साधनलाइ कार्वाहि गर्दै आएको समेत वताएका छन । आर्थिक वर्ष २०७८÷०७९ मा ७९३ बसलाइ कार्वाहि गर्दा ७ लाख १९ हजार ५ सय रुपैयाँ ट्रक ७७५ कार्वाहिमा पर्दा ६ लाख ७६ हजार जिपकार १०६६ कार्वाहिमा पर्दा ९ लाख ५२ हजार ५ सय रुपैयाँ टेक्टर ३६३ कार्वाहिमा पर्दा ३ लाख ३८ हजार ५ सय रुपैयाँ मोटरसाईकल २८२७ कार्वाहिमा पर्दा २४ लाख ८५ हजार रुपैयाँ र अन्य ३६० कार्वाहिमा पर्दा ३ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ ।
जिल्लाभर जम्मा ६१६३ सवारी साधन कार्वाहिमा पर्दा जम्मा रु ५४ लाख ८६ हजार रुपैयाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक कार्यलय सल्यानले बतायको छ ।
यस्तै जिल्ला ट्राफिक कार्यलय सल्यानले स्कुल कलेजमा दुर्घटना न्युनिकरण सम्वन्धि ९७ ठाउमा कार्यक्रम चलाउदा १५५०० जना सडक कार्यक्रम १५० ठाउँमा चलाउदा २ लाख ४० हजार चालक सहचालक र यात्रु सम्वन्धि १६० ठाउमा चलाउदा जम्मा २ लाख ९० हजार जना लाभान्वित भयको ट्राफिक प्रहरी चित्र राणाले बताएका छन ।
दैनिक जसो गाडी दुर्घटनामा परेर मानवीय क्षति हुँदै आए पनि सम्बन्धित निकायले भने सडक खन्न जान्ने तर स्तर वृद्धिका लागि खासै चासो नदेखाएको जिल्लावासीले गुनासो गरेका छन् । राप्ती राजमार्गलगायत जिल्लाका ग्रामीण सडकको स्तर वृद्धिका लागि बारम्बार माग राख्दै आए पनि बजेट कम भएको भन्दै सम्बन्धित निकायले बेवास्ता गरिरहेको बागचौर नगरपालिका प्रकाश भण्डारीले बताए ।
प्रकाशित मिति: २०२२-०७-१९ , समय : १६:११:५३ , ८ महिना अगाडि