Salyan Paribesh , ३३९ पटक हेरिएको

स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई ‘क्लिन स्वीप’ हुँनबाट बचाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् ।
सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेस क्लिन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । सन्दकपुर गाउँपालिकामा मात्रै होइन उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् ।
इलामका ८१ वडामध्ये एमालेले ४८ वडाध्यक्ष, नेपाली काँग्रेसले ३० वडाध्यक्ष जितेका थिए । त्यस्तै माओवादी केन्द्र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, र राष्ट्रिय जनमुक्ति मोर्चाले एक एक वडाध्यक्ष जितेका थिए ।
एमाले प्रवेश गरेका राईलाई एमालेको सन्दकपुर गाउँ पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य राम राना, एमाले इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङले पार्टीमा स्वागत गरेका थिए ।
[smartslider3 slider=”9″]
नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, १७ माघ (रासस) :धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचकमा आइतबार देखिएको उच्च अङ्कको वृद्धि आज भने टिक्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३.४८ अङ्कले ओरालो लागेर दुई हजार ८७२.०५ अङ्कमा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापक सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले उकालो लागेर ५३८.९३ मा पुगेको छ । कूल २२५ कम्पनीको एक करोड १० लाख ५ हजार ६६९ कित्ता शेयर रु ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ बराबरको कारोबार भयो ।
कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार अन्य ३७.३४, लघुवित्त ३०.१७ अङ्कले ओरालो लागेको छ ।
यस्तै, बैंकिङ १९.५२, व्यापार १५.२७,होटल तथा पर्यटन २३.१२, विकास बैंक ११०.१५, जलविद्युुत् २३.०६,वित्त ४३.१७, निर्जीवन बीमा १७८.७६, उत्पादन ७१.३७, जीवन बीमा २२१.३२ र सामूहिक लगानी कोष ०.११ अङ्कले ओरालो लागेको छ ।
आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ५८ अर्ब ७४ करोड १६ करोड २९ लाख ९६८ बराबर पुगेको छ । कारोबारका आधारमा एचआइडिसिएल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड १२ लाख ७८ हजार ६३९ बराबरको कारोबार भयो । यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ३१ करोड ८२ लाख ७८ हजार १९०, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड १८ लाख ८४ हजार ६४, अरुण भ्याली हाइड्रोपावर रु १८ करोड २६ लाख २६ हजार ७१३ र जीवन विकास लघुवित्त रु १७ करोड ७५ लाख ४६ हजार ३१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार आज विभिन्न तीन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यसमा फरवार्ड माइक्रोफाइनान्स, वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल लघुवित्तका शेयरधनीले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो ।
यस्तै, छ्याङ्दी हाइड्रोपावर ८.९७ र एचआइडिसिएलका लगानीकर्ताले ७.३७ प्रतिशतले कमाए । त्यस्तै, माउण्टेन हाइड्रो ३.४४, सिभिल लघुवित्त ३.४२, न्यादी हाइड्रोपावर ३.१७, पञ्चकन्या माई हाइड्रोपावर ३.०८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.०१ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: २०२२-०१-३१ , समय : १८:३५:०७ , १ वर्ष अगाडि