कृष्ण रेउलेको लय शब्द तथा अभिनयमा तीज गीत मादल बज्यो गम गम बजारमा (भिडियो सहित)

Salyan Paribesh , १८१९  पटक हेरिएको

सल्यान/ श्रावन, ५   तुला राम डाँगी क्षेत्री  पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौले माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् ।

यसैविच आशा लामा ज्ञानमालाशर्मिला सुनुवार राईको संयुक्त प्रस्तुति “मादल बज्यो गम गम” बोलको गीत पनि बजारमा आइसकेको छ । लोकप्रिय सल्यानी गायक कृष्ण रेउले आशा लामा ज्ञानमालाशर्मिला सुनुवार राईको सुमधुरमा रहेको यस गीतलाई लय तथा शब्द सिर्जना कृष्ण रेउलेले नै भरेका छन् ।

गायक रेउले भन्छन्, यो नितान्त माया प्रेम सम्बन्धी तीज गीत हो । खासमा मैले तीज नारी प्रधान चाड भएको हुदाँ  नारीले मात्र गीत गाउनुपर्छ भन्ने सोचले तीजका गीत गाएको थिएन , तर सबैले गाइरहदा आफु कतै ओझेलमा पर्छुकी भन्ने लागेर पनि गीत गायको हुँ ।

कृष्ण रेउले,बिक्रम चौहान,दिपाशा बि.सी,सन्ध्या सानु,जोन बाम,लेखिना राई,शर्मिला सुनवर राईको अभिनय रहेको यस गीतको भिडियोलाई निर्देशन तथा कोरियोग्राफ विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र समुह साथै सम्पदान लक्ष्मण चौहानले गरेका छन् । “मादल बज्यो गम गम” बोलको गीतको म्युजिक भिडियोलाई कृष्ण रेउले युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://youtu.be/JQgfGYX5CBs


यो पनि हेर्नुहोस।

https://youtu.be/4TDGUbnwx-0


https://youtu.be/QQRitjKp7Q0

प्रकाशित मिति: २०२२-०७-२० , समय : २३:५०:३० , १ वर्ष अगाडि