पहिरो खसेपछि दाङ-सल्यान सडक खण्ड फेरि अवरुद्ध

Salyan Paribesh , ३२१  पटक हेरिएको

दाङ, ५ साउन ।
पहिरो खसेपछि दाङ सल्यान सडक खण्ड फेरि अवरुद्ध भएको छ । गएरातीको वर्षातका कारण राप्ती राजमार्ग अन्तगर्त सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ को चोरखोला नजिकै बिहान पौने ११ बजेतिर पहिरो खसेको हो ।

पहिरोका कारण सवारसाधन रोकिएको स्थानीय बादल आचार्यले बताउनुभयो । ‘म दाङबाट आउँदै थिए ।’ उहाँले भन्नुभयो-‘पहिरो खस्दै गरेको बेलामा म पार गरेर कपुुरकोट आएँ, ठुला सवारी साधन रोकिएका छन् ।’ उहाँका अनुसार अझैसम्म पहिरो हटाउने पहल भएको छैन् ।

भिडियोमा क्लिक गरि यो पनि हेर्नुस

प्रकाशित मिति: २०२२-०७-२१ , समय : १२:०५:०१ , ७ महिना अगाडि