शिवालयमा आन्दोलनकारीहरुलाई नेपाली कांग्रेसका पार्टी सचिव के.बि शाही को जोडादार चेतावनी

Salyan Paribesh , १४५९  पटक हेरिएको

श्रावण ०५ शिवालय ।शिवालय गाउँपालिकाको स्थानीय सरकारले अस्थायी करार कर्मचारीको म्याद थप नगरे पछि म्याद थप गर्ना भनी सबै म्याद सकिएका कर्माचारीहरुले आन्दोलन सुरु गरेका हुन ।

असार ३० गतेबाट शिवालय गाउँपालिकाको कार्यालयमा आन्दोलन कर्मचारीहरुले तालाबन्दी गरेका छन। अहिले सम्म पनि कार्यालयमा आन्दोलन र तालाबन्दी भएपछि त्यही आन्दोलन लाई टिकाटिप्पनि गर्दै शिवालय गाउँपालिकाका नेपाली काँग्रेसका पार्टी सचीव कृष्ण बहादुर शाहीले सामाजिक संजाल को फेसबुक मार्फत जोडदार चेतावनी दिएका छन ।

फेस्बुकमा के.वि ले यस्तो लेखेर स्टाटस पोस्ट गरेका छन्

जानकारी।।
सम्पूर्ण शिबालय बासी आमाबुवा, दाजुभाई, दिदीबहिनी, अभिभाबक बुद्दिजिबी सबैमा न्यानो जयनेपाल।। करार कर्मचारी को सन्द्रभमा हामीले विधि प्रक्रिया गत गएर आबस्यकताका आधारमा म्याद थप घट गर्नकै लागि कार्यदल बनेको छ उपयुक्त समयमा उपयुक्त निर्यय लिने छ । एउटा असल प्रशासन चलाउन लाई इमान्दार कर्मचारीको आवश्यकता जरूर नै पर्दछ।

कुनै पनि राजनैतिक पूर्बागर छैन अनावश्यक टिका टिप्पणी नगर्न अपील पनि गर्दछु। मापदण्ड बिनाका कर्मचारी र नियुक्ती बिना चुनावको सेरोफेरो मा राखिएका कर्मचारी ऊपर छानबिन हुने नै छ। पालिका अध्यक्ष लाई असफल बनाउन तपसिलका गतिबिधि हरु गरेको जानकारी गराउँछु।
१) अध्यक्षको कार्य कक्ष बाट फाइलहरू गायब गराएर बजारमा पुर्याउनु ठीक की बेठीक।।
२) कार्यकारी को अफिसबाट नै आवश्यक कागजात हराउनु र तुरून्तै सञ्जालमा आउनु ठीक की बेठिक।
३) चैत, बैशाख मा चुनावी फाइदा उठाउन का लागि नै आधार बिनाका कर्मचारी राखिनु।
४)करार नियूक्त गरिएका कर्मचारी हरुको व्यक्तिगत फायल नै नभेटिनु।
५) मनपरि कार्यालय सहयोगी हरु राखिनु ।
६) पूँजीगत विकासका शिर्षक बाट तलब व्यवस्थापन गरेको पाइनु।
७) पुर्ब अध्यक्ष र उपाध्यक्ष को भाग गरी आसेपासेलाई मात्र बिना मापदण्ड काममा खटाइएको प्रष्ट देखिनु।।
यी सबै आदि विविध पक्ष लाई हेर्दा र नियाल्दा गाउँ सभाबाट कर्मचारी हेरफेर को बिषय ले स्थान लिएको हो ।अब तुरुन्त मापदण्ड बनाएर सबैको व्यवस्थापन हुन्छ यसलाई कुनै राजनैतिक एजेण्डा नबनाइयोस् एउटा असल इमान्दार अध्यक्ष का बिरुद्द तर्क वितर्क नगर्न अपील गर्दै अन्त्य गर्दछु। जयानेपाल।।
के, बि,शाही
सचिव
नेपाली काङ्ग्रेस शिबालय पालिका कार्यसमिति जाजरकाेट।।

यसै क्रममा पेशागत महासंघका सदस्य इन्द्र बहादुर थापाले आफ्नो फेस्बुक मार्फत यस्तो पोस्ट गरेका छन्।अध्यक्ष ज्यु
शिवालय गाउपालिका सिमा जाजरकोट
शिवालय शिवालय बासिको नै हो शिवालय गाउपालिका भित्र गरिने विभिन्न क्रियाकलापमा शिवालय बासीको नै पहिलो हक हुन्छ , अधिक भन्दा अधिक शिवालय बासी युबाहरुलाइ पेशा ब्यवसायमा संलग्न गराई बेरोजगारि घटाउनु तपाईं नेतृत्व को स्थानीय सरकारको जिम्मेवारी हुन आउँछ करारमा कार्यरत लाई यथावत राखी थप रोजगारी सृजना गरि थप युवालाई रोजगारी दिलाउनु हामी सबैको दायित्व र कर्तव्य भएता पनि तपाईं जिम्मेवार पदमा निर्वाचित भएकाले यस्को दायित्व र कर्तव्य तपाईं लाई नै जान्छ फेरि पनि तपाईं त्यस्तो पुर्वाग्रह राख्ने ब्यक्तित्व भित्र पर्ने चरित्रको ब्यक्ती पनि हुनु हुन्नथ्यो मलाई थाहा छ हामी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज देखि उच्च शिक्षा अध्ययन का क्रममा किर्तिपुर सम्मको संगै बसाइमा पनि त्यस्तो ब्यवहार मैले पाइन र थिएन पनि , साथै तपाईमा बिजय पश्चात् पनि त्यो चरित्र देखिएन ,त्यसैले शिवालय बासिले तपाईं बाट ठूलो आशा र अपेक्षा गरेका थिए तर अचानक २०७९/०३/२९ गते भित्र कसरी एउटा शिवालय बासिलाइ रुवाएर अर्को शिबालय वासिलाइ खुसी बनाउने कस्को योजनामा लाग्न वाध्य हुनुभयो ,यो गम्भीर प्रश्न खडा भएको छ ? यसबाट शिवालय बासी बिच द्वन्द्व ल्याएर तपाईकोआगामी यात्रामा ब्यवधान खडा गर्न खोजे को जस्तो गन्ध आउछ ।

भिडियोमा क्लिक गरि यो पनि हेर्नुस

तपाईं लाई सफल बनाउने भए त थप रोजगारी सृजना गर्ने र भएका लाई निरन्तरता दिदै छुटेका अरु युवाहरुलाई समाबेश गर्ने तर्फ सल्लाह दिन्थे होला ? हेर्नुहोस त बारेकोट तिर त्यहा नि दवाव थियो होला ? तर अध्यक्ष ज्यु ले त्यसो गर्नु भएन अनि सबैको प्रसंसाको पात्र बन्नु भयो । तपाईं लाई थाहा छ तपाई लाई भोट दिने नदिने भोटरको अवस्था कहाली लाग्दो छ ।

शिवालयका प्रत्येक वडामा लघुबित्त संस्था को ६ देखि १० करोड सम्म ऋण लगानी छ प्रत्येक महिना ऋणको ब्याज र किस्ता तिर्न नसकिरहेको अवस्था छ यस्तो कहाली लाग्दो अवस्थाबाट जीवन गुजारा चलाई रहेका जनताको छोराछोरीहरु लाई पेशा ब्यवसाय र रोजगारीमा लगाई आय आर्जन का क्रियाकलापमा संलग्न गराउनुको साट्टो उनिहरुसंग प्रतिशोध साध्न लगाउने सोच र सल्लाह दिनेहरु को सल्लाह हुबहु कार्यान्वयन गर्नु उपर्युक्त हो त ? अहिले करारमा रहेका सबै सम्पन्न परिवारका हुन त ? त्यो बिल्कुल होइन , बाहिर बिरोध गर्नेहरु ले पनि पुगेर होइन नपुगेर तपाईको आशा गरेर ब्यक्त गरेका बिचार हुन सबै को सम्मान गर्नु पर्छ त्यसैले हटाउने तिर होइन थप रोजगारी सृजना गरेर अरुलाई समेट्न तर्फ लागौ यसैमा तपाईं को दुरदर्शिता क्षमता झल्किन्छ ,

किन कि तपाईं को यात्रा यति मात्र त होइन होला ? हुनत हामी बिच बैचारिक मत भिन्नता छन होला तर पनि हामी ले हाम्रो काम गर्ने कर्मथलो कामको प्रकृति फरक फरक भए पनि काम र सेवा गर्ने भुगोल एउटै हो , समृद्ध शिवालय र सुखी शिवालय बासी बनाउने लक्ष्य र उदेश्यमा एकाकार भएर हातेमालो गर्नु पर्ने हुन्छ शिवालयका सम्पुर्ण युवाहरु दाजुभाई दिदिबहिनी हरुको उन्नति र प्रगतिको लागि बिचार लाई एक ठाउमा राखेर समृद्धि को बाटोमा लाग्न जरुरी छ गुराँस गाउपालिका तिर हेर्नुहोस त कांग्रेस आफै करारको म्याद थप्नु पर्छ म्याद समाप्त गर्नु हुन्न भनेर लागेको छ भने यहाँ किन करारको म्याद समाप्त गर्न उद्दत हुन्छ? किन दोहोरो नीति अवलम्बन गर्दै छन ? यसता कार्य बाट नितान्त दुरगामी असर तपाई र तपाईं आवद्ध पार्टिलाई पर्ने छ बेलैमा सोचौ विवेक लगाउ ।
त्यसैले शिवालयमा पनि करार को म्याद नथप्ने निर्णय पुनर्बिचार गर्न हार्दिक अनुरोध गर्दछु।

यसैको कमेन्ट बक्समा के.वि शाही र इन्द्र बहादुर थापाले यस्तो लेखेको छन।
->के.वि :-माहिला दाजुको सञ्जाल रूपी पत्र अध्यान गर्दा सल्लाह र सुझाब सकारात्मक नै छन् विगतलाई स्मरण गर्दा मनमा तनाव पैदा हुन्छ के सबै हिजो राखिएका कर्मचारी सबै वर्ग सवै क्षेत्रका आधारमा राखिएका थिए? अनि सबै गरीब परिवारका थिए? केवल वडामा दाजु वडा अध्यक्ष भाइ का, स,अनि पालिकामा अध्यक्ष र उपाध्यक्ष का आसेपासे र भाग बण्डा का आधारमा राखिएको तीतो सत्य हैंन र तपाईँ यदि राष्ट्र बादी व्यक्ति हो भने आत्म साक्षी राखेर सही उत्तर दिनुहोस् हामीले के भनेका छौं भने सबै शिवालयको हितको लागि सबै वर्ग समुदाय समावेशी सिद्धान्त र पद्दति अपनाएर मापदण्ड का आधारमा कर्मचारी व्यवस्थापन गरौं भनेर विधिको कुरा गरी रहेका छौं कसले के भने के गरे बहस गरौं पार्टी को लोक प्रियता को सवाल नै छैन तपाईंको कार्यालयमा तपाईं मातहतका कर्मचारीले सहयाेग गरेनन् भने तपाईंलाई कस्तो अनुभूति हुन्छ आदरणीय दाजु आत्म समिक्षा गर्नुहोस् त ?

भिडियोमा क्लिक गरि यो पनि हेर्नुस

हजुर शिक्षाको ज्ञाता हो मान्छौं पनि विगतलाई हिजो हजुरले नजिक बाट गहन चिहाई रहनु भा थियो के सबै विधी ठीक थिए।। त्यतिबेला प्रतिपक्ष हामी पनि थियौँ सही सुझाब दिदा सत्ताबाट के उत्तर र व्यवहार पायौँ? यावत् विषयमा जति कडा गरे हामी त्यति पत्थर हुँदै जानेछौ र भकुण्डो लाई जाती जमिनतिर थिच्यो त्यति उचाईमा जान्छ दाजु ।०५२ सालको उद्दारण नै प्रमुख बेश लाइन हो ।गल्ती बोले माफ पाउँ दाजु।।

->इन्द्र:- हिजो कसैले गल्ती गर्‍यो भदै आज त्यही गल्ती दोहोर्‍याउने बुद्धिमता हो त ?

->के.वि:- विधि र प्रक्रिया बाट समस्या को समाधान खोज्नु गलत हो त?
->इन्द्र:- यतातिरबाट नि पाठ सिक्नु पर्ला कि ?

प्रकाशित मिति: २०२२-०७-२१ , समय : १२:४२:५० , १ वर्ष अगाडि