सशस्त्र प्रहरीका १६ जना वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

Salyan Paribesh , २५४  पटक हेरिएको

श्रावण ०८ सल्यान । सशस्त्र प्रहरीका १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) मबोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो।

उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी दिन आग्रह गरेको छ ।

प्रकाशित मिति: २०२२-०७-२४ , समय : १०:२९:२८ , १० महिना अगाडि