Salyan Paribesh , ४८९ पटक हेरिएको
श्रावण ०८ कैलाली ।कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मोटरसाइकल चालक जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकिएको बा२१च २९०३ नम्बरको जीपसँग क१प१५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सख्त घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०७-२४ , समय : १०:४२:१७ , १ वर्ष अगाडि